ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा


एबीसी न्यूज
चैत्र १०, २०८२ मंगलबार   ८ : २४   बजे

काठमाडौं, १० चैत्र । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिकामा सडक निर्माणका क्रममा अनियमितता गरेको आरोपमा पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सब(इन्जिनियर किरण भण्डारी,लेखापाल रामचन्द्र धामी र निर्माण व्यवसायी मानबहादुर बोहराविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूविरुद्ध जनही ८ लाख ४८ हजार ९६२ रुपैयाँ विगो माग गरिएको छ।
बित्थडचिर गाउँपालिका वडा नम्बर ९ स्थित बागथला धारी डोबा सडक निर्माणका क्रममा सडकमा ग्याबलिन कार्य र मेसिनरी कार्यको काम नभइ भुक्तानी दिएको भन्ने उनीहरूविरुद्ध उजुरी परेको थियो।

उक्त उजुरीका आधारमा अनुसन्धानका क्रममा बागथला–धारी डोबा सडक निर्माण योजनाअन्तर्गत ग्याबिन तथा मेशनरी कार्य नगरी सम्पन्न भएको देखाएको र निर्माणस्थलमा वास्तविक कामभन्दा कम काम गरी झुट्टा बिल तथा प्रतिवेदन तयार गरी रकम भुक्तानी गरिएको पुष्टि भएको अख्तियारको ठहर छ।

नापी किताबमा ३३८ मिटर सिंचाइ क्यानल उल्लेख गरिए पनि फिल्डमा २४८ मिटर मात्र निर्माण भएको भेटिएको छ। साथै,ह्युम पाइप कल्भर्टलगायतका केही संरचनाहरू निर्माण नै नभएको पाइएको आयोगको निष्कर्ष छ।

यसरी मिलेमतोमा झुट्टा कागजात तयार गरी ८ लाख ४८ हजार ९६२ रुपैयाँभन्दा बढी रकम भुक्तानी लिईरदिई नेपाल सरकारलाई हानि पुर्‍याएको अख्तियारको दावी छ। आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद,जरिवाना तथा बिगो असुलउपरको माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल प्रहरीका ५०९ जना इन्स्पेक्टरको सरुवा, असारदेखि नयाँ दरबन्दीबाट तलब (सूचीसहित)

प्रधानमन्त्री संसद्‌मा आउनुस् नआउनुस् अब हामीलाई सरोकार छैन : कांग्रेस

सम्बन्धित

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group