काठमाडौं, २७ फागुन । २४ भदौको जेन–जी आन्दोलनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको डल्लुस्थित घरमा आक्रमण गरी उनकी पत्नी रविलक्ष्मी चित्रकारलाई घाइते बनाउने घटनामा संलग्न एक युवकविरुद्ध मुद्दा दायर भएको छ।
बझाङको जयपृथ्वी नगरपालिका– ११ घर भएका ३६ वर्षीय दिलबहादुर खातीविरुद्ध मुद्दा दायर भएको हो। प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरी सोमबार जिल्ला अदालतमा उनीविरुद्ध आपराधिक उपद्रह र ज्यान मार्ने उद्योग मुद्दा दर्ता भएको हो। अभियुक्त खाती भने फरार छन्। सामाजिक सञ्जालको भिडियोमार्फत प्रहरीले उनको पहिचान गरेको हो।
खातीविरुद्ध चित्रकारले जाहेरी दिएकी छिन्। घरमा आगो लगाउने क्रममा उनीसमेत जलेर गम्भीर घाइते भएकी थिइन्। उनको भारतको एपोलो अस्पतालमा लगेर तीन महिना लामो उपचार गरिएको थियो। आगजनीमा १० करोड २४ लाख ५० हजार क्षति भएकाले आरोपीबाट त्योबराबरको क्षतिपूर्ति भराउन माग गरिएको छ।








प्रतिक्रिया दिनुहोस्