मलङ्गवा, २४ फागुन । नेपाली कांग्रेससका सभापति गगन कुमार थापालाई पराजित गर्दै डा। अमरेश कुमार सिंह विजयी भएका छन्। सर्लाही क्षेत्र नं। ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेश कुमार सिंहले १२ हजारभन्दा बढी मतले थापालाई पराजित गरेका हुन्। आइतबार बिहान आएको परिणाम अनुसार रास्वपाका सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दै विजयी भएका छन्। उनले काङ्ग्रेस सभापति थापालाई १२ हजार ८ सय ५७ मतले पछि पार्दै विजयी भएका छन्। थापाले २२ हजार ८ सय ३१ मत प्राप्त गरेका छन । तेस्रो स्थानमा ९ हजार ३ सय ४३ मतका साथ एमालेका अमनिश कुमार यादव रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्