ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घण्टीले बजायो पहिलो विजय घण्टी: काठमाडौं–१ बाट रञ्जु दर्शना विजयी


एबीसी न्यूज
फाल्गुन २२, २०८२ शुक्रबार  ११ : ५६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौंबाट विजयी खाता खोलेको छ। पार्टीकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १० हजार ५८१ मतसहित विजयी भएकी हुन्।

उहाँले नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापालाई ५ हजार ८४८ मतान्तरले पराजित गर्नुभयो। यस निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले २ हजार ७४४ मत प्राप्त गर्नुभयो।

‘घण्टी’ले थप्यो अर्को सिट

यसैबीच, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा पनि रास्वपाले विजय हासिल गरेको छ। पार्टीका उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका हुन्।

मतगणनामा उनले प्राप्त गरेको अग्रता गन्न बाँकी मतभन्दा बढी भएपछि उनको विजय सुनिश्चित भएको निर्वाचन अधिकारीहरूले बताएका छन्। औपचारिक घोषणा भने निर्वाचन आयोगले गर्न बाँकी रहेको छ।

काठमाडौंका यी दुई क्षेत्रको जितसँगै रास्वपाले संघीय संसद्मा आफ्नो सिट थप्दै राजधानीमा प्रभाव विस्तार गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। अब अन्य निर्वाचन क्षेत्रका परिणामले रास्वपाको समग्र संसदीय शक्ति कति हुन्छ भन्ने स्पष्ट हुने छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशन असार ७–९ चितवनमा हुने

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

‘यो संसद् सहिदहरूको रगतमा उभिएको छ’

‘फेसबुकको सरकार’ ‘यमदूतजस्तो राज्य’ : आङ्देम्बे (सम्बोधनको पूर्णपाठ)

सरकारप्रति कांग्रेसको तीव्र असन्तुष्टि : ‘सामाजिक सञ्जालमा सरकार खोज्नुपर्ने अवस्था सुखद होइन’

राष्ट्रपति कार्यालयमा उच्चस्तरीय छलफल, वर्तमान राजनीतिक विषय केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com