ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन सामग्री बोकेको गाडी रामेछापमा दुर्घटना, एक प्रहरीको मृत्यु


एबीसी न्यूज
फाल्गुन १८, २०८२ सोमबार  ६ : ०४ बजे

काठमाडौं । रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

सोमबार अपराह्न करिब ४ बजेतिर भएको दुर्घटनामा प्रहरी सहायक निरीक्षक (असई) पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बलका डिएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। गाडीमा कुल ११ जना सवार रहेका थिए। तीमध्ये तीन जना दुर्घटना हुनुअघि गाडीबाट हाम फालेका थिए।

मन्थलीबाट कालिका देवी माध्यमिक विद्यालय र देउराली माध्यमिक विद्यालयका मतदान केन्द्रमा निर्वाचन सामग्री तथा कर्मचारी लिएर जाँदै गरेको गाडी सडकबाट करिब २०० मिटर तल खसेको थियो।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् उद्धार बेस खुर्कोटबाट सशस्त्र प्रहरी नायब निरीक्षक रमेशबहादुर थापाको कमाण्डमा गोताखोर तथा विपद् व्यवस्थापन तालिमप्राप्त टोली उद्धार कार्यमा खटिएको थियो।

उद्धारपछि घाइतेहरूलाई उपचारका लागि मन्थली अस्पताल पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

अन्ततः, अमेरिकी प्रतिरोधको विश्वसनीयता पुनर्स्थापित हुँदै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

ट्रम्पको युद्ध तरिका

कांग्रेसको प्रस्ताव: बाकस खोल्नुअघि फागुन २२ गते राष्ट्रिय संवाद गरौँ — विश्वप्रकाश शर्मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com