ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”


एबीसी न्यूज
फाल्गुन ११, २०८२ सोमबार  ३ : ३७ बजे

भैरहवा – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को राजनीतिक वैधता र वैचारिक आधारमाथि कडा प्रहार गरेका छन्। रुपन्देहीको भैरहवामा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले मधेसी जनताले पहिचान र अधिकारका लागि रगत बगाएको समयमा बालेन कहाँ थिए भन्दै प्रश्न गरे।

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव « Khabarhub

यादवले भने, “मधेसी जनता आफ्नो पहिचान, अधिकार र सम्मानका लागि रगत बगाइरहेका बेला बालेन कता थिए ? मधेसका आधारभूत मुद्दामा उनको कुनै स्पष्ट धारणा वा योगदान देखिँदैन। केवल सामाजिक सञ्जालको हाइप र चर्चाले राजनीति चल्दैन।”

उनले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन जस्ता पात्रहरूको सोसल मिडियामा चर्चा बढेको तर जमिनमा प्रभाव शून्य रहेको दाबी गरे। “मधेसका जनताले राम्रोसँग बुझेका छन्— कसले साँच्चै लड्यो र कसले अवसरवादको राजनीति गर्‍यो। ‘घण्टी’ हल्लाउँदैमा मधेस हल्लिँदैन,” यादवले चेतावनी दिए।

बालेन शाह कौन हैं, जिनकी नेपाल में हो रही है इतनी चर्चा - BBC News हिंदी

बालेन शाह कौन हैं, जिनकी नेपाल में हो रही है इतनी चर्चा – BBC News हिंदी

जसपालाई मधेसी, आदिवासी जनजाति, दलित, मुस्लिम तथा उत्पीडित समुदायको सच्चा प्रतिनिधि ठान्दै उनले नयाँ शक्तिहरूलाई ‘ग्राउन्ड रियालिटी’ बुझ्न सुझाव दिए।

देशको राजनीतिक अवस्थाप्रति आक्रोश पोख्दै यादवले विगत ३५ वर्षमा कांग्रेस र कम्युनिस्टहरूले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई ध्वस्त पारेको आरोप लगाए। प्रमुख दलहरू विकासभन्दा पार्टी फुटाउने ‘फोहोरी खेल’ मा व्यस्त रहेको उनको भनाइ थियो।

वर्तमान संविधानका त्रुटिहरू प्रमाणित भइसकेकाले संशोधन अपरिहार्य रहेको र उत्पीडित समुदायका समस्या समाधान नगरी राष्ट्रिय एकता सम्भव नहुनेमा जोड दिए।

किन कमजोर बन्दैछ मधेस आन्दोलनको विरासत?

सोही सम्मेलनमा जसपाका वरिष्ठ नेता तथा रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले मधेस आन्दोलनमा राज्यको निर्मम दमन स्मरण गर्दै अधिकारका लागि लडेका शक्तिलाई कमजोर बनाउने प्रयास भइरहेको बताए। मतदातालाई सचेत रहन आग्रह गरे।

नेताहरूको दाबी छ— मधेसको माटो र समस्या नबुझेका शक्तिहरूले जतिसुकै भ्रम फैलाए पनि आगामी निर्वाचनमा त्यसको कुनै प्रभाव पर्नेछैन।

यो विवादले नेपालको राजनीतिमा पुराना मधेसकेन्द्रित दल र नयाँ पुस्ताका नेताहरूबीचको क्षेत्रीय-वैचारिक टकरावलाई फेरि तिखो बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छः अध्यक्ष ओली

कार्की आयोगको प्रतिवेदन चुनावपछि मात्रै, १० हजार भिडिओबाट सयौँको पहिचान, आगजनीमा संलग्न ९ व्यक्ति प्रतिनिधिसभाका उम्मेदवार

परिवर्तनको हुटहुटी बोकेर हिँडेको हुँ, सही कुराका लागि मात्रै मेरो जिद्दी हो– अध्यक्ष ओली

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

बालेनको वाचापत्र २०८२ : झापा–५ केन्द्रित विस्तृत प्रतिबद्धता

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com