ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० विश्वकपमा नेपालको ऐतिहासिक जित : दीपेन्द्रको अर्धशतकमा १२ वर्षपछि सफलता


एबीसी न्यूज
फाल्गुन ५, २०८२ मंगलबार  १० : ३९ बजे

मुम्बई, ५ फागुन । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्दै १२ वर्षपछि विश्वकपमा ऐतिहासिक जित दर्ता गरेको छ।

मुम्बईस्थित वानखेडे स्टेडियम मा भएको खेलमा १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। जितका नायक बने उपकप्तान दीपेन्द्र सिंह ऐरी, जसले आक्रमक अर्धशतक प्रहार गर्दै लगातार दोस्रो पटक ५० रन पार गरे।

सानदार सुरुवात, सन्तुलित अन्त्य

नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमै ५६ रनको साझेदारी गर्दै बलियो आधार तयार गरेका थिए। भुर्तेलले ४३ र आसिफले ३३ रनको योगदान दिए।

९८–३ को अवस्थाबाट दीपेन्द्र र गुल्सन झाले संयमित तथा आक्रामक साझेदारी गर्दै खेल नेपालतर्फ मोडे। दीपेन्द्रले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याए।

यसअघि सन् २०१४ को विश्वकपपछि नेपालले टी–२० विश्वकपमा जित निकाल्न सकेको थिएन। यस जितले नेपाली क्रिकेट समर्थकलाई नयाँ ऊर्जा दिएको छ।

डेथ ओभरमा नेपालको कमाल

टस जितेर बलिङ रोजेको नेपालले सुरुवाती १० ओभरमा दबाब झेले पनि अन्तिम पाँच ओभरमा उत्कृष्ट पुनरागमन गर्‍यो।

स्कटल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७० रन बनाएको थियो। ओपनर माइकल जोन्सले ७१ रन बनाए भने जर्ज मुन्से र ब्राण्डन म्याकमुलेनले उपयोगी योगदान दिए।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिए भने कप्तान रोहित पौडेल र कुशल भुर्तेलले समान १–१ विकेट लिए।

अन्तिम पाँच ओभरमा नेपालले ६ विकेट लिँदै ३९ रन मात्र खर्चियो, जुन यस संस्करणमा नेपालको उत्कृष्ट डेथ ओभर बलिङ प्रदर्शन हो।

सुपर एटको सपना अधुरै

यसअघि इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँग पराजित भएपछि नेपाल समूह चरणबाट बाहिरिसकेको थियो। सुपर एट पुग्ने लक्ष्य अधुरै रहे पनि अन्तिम खेलमा प्रतिष्ठाको जित निकाल्दै नेपालले प्रतियोगिताको सुखद अन्त्य गरेको छ।

१२ वर्षपछि विश्वकपमा आएको यो जित नेपाली क्रिकेटका लागि स्मरणीय उपलब्धि बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

निर्वाचन तीन प्रवृत्तिबीचको जनमत संग्रह बन्न गएको छ : प्रचण्ड

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com