ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकको गन्तव्यस्थल बन्दै रामपुरको ‘शान्तिदीप पार्क’


admin
श्रावण १८, २०७४ बुधबार  ९ : ३४ बजे

पाल्पा, १८ साउन । प्रकृतिले नै उपहारस्वरुप दिएको रामपुरको ‘शान्तिदीप पार्क’ अहिले पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ । पार्कलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न थालेपछि यो क्षेत्र पर्यटकको गन्तव्यस्थल बन्न थालेको हो ।

कालीगण्डकी नदी नजिकै रहेको रामपुर नगरपालिका–४ खोप्टारमा रहेको रानीवन तथा वडवान सामुदायिक वन क्षेत्रभित्र पर्ने यस पार्कमा हरियाली घाँसे मैदान र वनजंगलले यसको सुन्दरता बढाउनुका साथै पर्यटकको मुख्य आकर्षणको केन्द्र बनेको छ ।

अति सुन्दर, शान्त र रमणीय वातावरण, वनजंगल, खोलानाला, घाँसेमैदान यी अथाह प्राकृतिक रुपमा आफैँ मिलेको यस शान्तिदीप पार्कमा पुग्ने जो कोही पनि प्रकृतिसँग रमाउन पुग्छन् । पार्कभित्र निर्मित चौतारीमा बसेर यहाँ आउने पर्यटक उत्तर दिशाबाट बगिरहेको पवित्र कालीगण्डकी नदी, दक्षिण दिशाबाट उत्तरतर्फ पार्कलाई घेरेर बगेको अधेँरी खोलाको दृश्य, डाँडाकाँडासहितको भौगोलिक भुवनोट, कालीगण्डकी करिडोरले घेरेको यस क्षेत्रको सुन्दर, मनमोहक वातावरणमा रम्न र रमाउन आउनेको जमात बढ्दो छ ।

पछिल्लो समय दिनहुँ ५० देखि १०० जनाको हाराहारीमा पर्यटक प्रकृतिसँग रमाउन यहाँ आउने गर्छन् । पार्क क्षेत्रभित्र कतै निम्न, कतै मध्यम र कतै उच्च भूभाग रहेकाले पनि विशेष गरी यो क्षेत्र प्रेम जोडीका लागि एकान्तको स्थल पनि बनेको छ ।

यहीँबाट कालीगण्डकी बगेको दृश्य अवलोकन गर्दै मनमा अनेकौँ प्राकृतिक छटासँग लडिबुडी गर्दै मनलाई एकाग्र र प्रफुल्लित पार्न विशेष गरी युवापुस्ताको आगमन बाक्लो देखिन्छ । कालीगण्डकी करिडोरले घेरेको हुँदा पनि यो पार्क अहिले रामपुर क्षेत्रको विशेष आकर्षण बनेको छ ।

रानीवन तथा बडवान सामुदायिक वन समूहका उपभोक्ता एवं यहाँका स्थानीयवासीले पर्यटन प्रवद्र्धनमा जुटी भौतिक पूर्वाधार निर्माणका कार्यलाई अहिले अगाडि बढाउँदै गएका छन् । चिसो हावापानी, हेर्दै आकर्षक रुपमा मनै लोभ्याउने प्राकृतिक दृश्यले यस पार्कलाई एउटा कुनाबाट नियाल्दा देखिने सुन्दरताले सबैलाई आनन्दित बनाइरहेको हुन्छ ।

झण्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको यस पार्कमा प्रशस्त भौतिक पूर्वाधार निर्माण गरेर पर्यटक भित्र्याउन सकिने प्रचुर सम्भावना छ । विगत दुई वर्ष अगाडिदेखि पार्कको पर्यटन प्रवद्र्धनका लागि यहाँका वन समूहका उपभोक्ता र स्थानीयवासी पर्यटन विकासमा अगाडि बढेका हुन् ।

यहाँ फूलबारी, पार्क तारबार निर्माण, प्रवेशद्वार, आरामस्थल, शहिद लखन थापाको शालिक निर्माण गरिएको छ । निकट भविष्यमा पर्यटकीय क्षेत्रको विकासका लागि जंगल चिडिया खाना, माछा पोखरी, पौडी पोखरी, पानीको छहरा, फोहरा, पानी फोहरा, छहरा हेर्ने पुल, कालीगण्डकी बेँसीको दृश्यावलोकनका लागि भ्यु टावर, बाल उद्यान निर्माण गर्ने योजनाका साथ कामलाई अगाडि बढाउँदै लगेको पार्क निर्माण समिति एवं वन समूहका अध्यक्ष हमिद अलिमियाँ बताउनुहुन्छ ।

साथै, यस क्षेत्रमा वनभोज स्थल, शीतल कटेज, कार्यालय भवन, मन्दिर, माई थान, गाडी पार्कस्थल, बाहिरी घेराबार, पैदल बाटो, खानेपानी धारा, तालीम हल, शाकाहारी जलपान, सुक्खा खाना पसल, शौचालय, प्रतिक्षालय स्टेज, बराजु थान, पारिङ्गे थान, स्थानीय शहिद सूर्यप्रसाद घिमिरेको शालिक निर्माण, मगर समुदायको संस्कृति झल्कने खालको संग्रहालयलगायतका विभिन्न भौतिक पूर्वाधार निर्माण गरेर नेपालकै एक नमूना पर्यटकीय क्षेत्रका रुपमा चिनाउने कसरतमा लागेको अध्यक्ष अलिमियाँले बताउनुभयो ।

यसको पर्यटकीय विकासका निम्ति वन समूहका उपभोक्ता र स्थानीयवासीको पहलमा जिल्ला वन कार्यालयमार्फत ‘एक नगर एक उद्यान’ कार्यक्रमअन्तर्गत आव २०७१÷०७२ मा रु आठ लाख १७ हजार, भूसंरक्षण कार्यालय, पाल्पाबाट भल, पहिरो नियन्त्रण तथा रोकथामका लागि १५ थान जालीलगायत विभिन्न क्षेत्रबाट सामग्री सहयोग प्राप्त भइरहेको सचिव देवबहादुर ठाडाले बताउनुभयो ।

पार्क नजिकै हरियाली जंगल रहेको हँुदा पनि जंगल चिडियाखाना सञ्चालन गर्नसकेको खण्डमा प्रशस्त आम्दानी भित्रिने छ ।

कालीगण्डकी बेँशीका पाल्पा, स्याङ्गजा, तनहुँ र नवलपरासीको उपत्यकाका रुपमा रहेको रामपुर क्षेत्रको पर्यटन विस्तारमा शान्तिदीप पार्क दरिलो खम्बा बन्नेछ । यहाँको भौतिक पूर्वाधार विकास गरेर दैनिक एक हजारको हाराहारीमा पर्यटक भित्रने प्रशस्त सम्भावना छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com