ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त


एबीसी न्यूज
माघ २७, २०८२ मंगलबार  १० : १६ बजे

त्रिकोण होइन, बहुकोणीय प्रतिस्पर्धातर्फ क्षेत्र

सुर्खेत । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–२ यसपटक पूर्ण रूपमा नयाँ अनुहारहरूको अखडा बनेको छ । अघिल्ला निर्वाचनमा निरन्तर देखिँदै आएका स्थापित नेताहरू मैदान बाहिरिँदा यहाँ राजनीतिक शक्ति सन्तुलन नै पुनः परिभाषित हुने संकेत देखिएको छ ।

यो निर्वाचन क्षेत्रमा १७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । १४ जना दलगत र तीन जना स्वतन्त्र उम्मेदवार छन् । प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आ–आफ्ना नयाँ अनुहार अघि सारेका छन् ।

कांग्रेसको विरासत र नयाँ नेतृत्वको परीक्षा

लामो समयदेखि सुर्खेत–२ कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीको निर्वाचन क्षेत्र मानिँदै आएको थियो । तर, स्वास्थ्य कारण देखाउँदै थानीले यसपटक निर्वाचन नलड्ने घोषणा गरेसँगै कांग्रेसले पहिलोपटक नारायणकुमार कोइरालालाई उम्मेदवार बनाएको छ ।

छ पटक निर्वाचन लडेका र तीनपटक विजयी थानीको राजनीतिक विरासत बोकेर मैदानमा उत्रिएका कोइरालाका लागि यो चुनाव व्यक्तिगत परिचयभन्दा धेरै ‘विश्वासको परीक्षा’ बनेको छ ।

एमाले र नेकपाको नयाँ प्रयोग

नेकपा (एमाले) ले सुर्खेत जिल्ला अध्यक्ष कुलमणि देवकोटालाई उम्मेदवार बनाएको छ । देवकोटा स्थानीय तहको राजनीति हुँदै पार्टी संगठनमा स्थापित भए पनि प्रतिनिधिसभा निर्वाचन उनका लागि पहिलो अनुभव हो ।

यता, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले झकबहादुर मल्ललाई मैदानमा उतारेको छ । माओवादी युद्धकालको चर्चित सुर्खेत जेलब्रेक घटनाका कमान्डर मल्ल ११ वर्षपछि पुनः संसदीय चुनावी प्रतिस्पर्धामा फर्किएका हुन् । पार्टीभित्रको असन्तुष्टि र एमालेको आन्तरिक विवादबाट फाइदा लिने रणनीतिमा नेकपा देखिन्छ ।

रास्वपाको ‘विद्रोही कार्ड’

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा यस क्षेत्रका लागि विशेष अर्थ राख्छन् । कांग्रेसकै राजनीतिबाट उदाएका सापकोटाले पार्टी परित्याग गर्दै रास्वपा रोजेपछि कांग्रेसको परम्परागत मत काट्ने रणनीतिमा छन् ।

कांग्रेसभित्रको असन्तुष्टि र नयाँ पार्टीप्रतिको आकर्षणलाई सापकोटाले आफ्नो बलियो आधार बनाउने प्रयास गरिरहेका छन् ।

समानुपातिक मतले के संकेत गर्छ ?

०७९ को प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मत हेर्दा सुर्खेत–२ मा एमाले सबैभन्दा ठूलो दल देखिन्छ । त्यसपछि क्रमशः नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र (हाल नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी छन् ।

तर, गठबन्धन र उम्मेदवार चयनका कारण अघिल्ला निर्वाचनका मत प्रवृत्तिहरू यसपटक यथावत् रहनेमा राजनीतिक वृत्त नै आश्वस्त छैन ।

स्थापित अनुहारको अनुपस्थिति, दलभित्रको असन्तुष्टि, नयाँ उम्मेदवारको महत्वाकांक्षा र विगतको मत विभाजन—यी सबै कारणले सुर्खेत–२ लाई यसपटक स्पष्ट त्रिकोणीयभन्दा पनि अनिश्चित बहुकोणीय प्रतिस्पर्धातर्फ धकेलेको छ ।

अन्ततः, यो निर्वाचन सुर्खेत–२ का मतदाताले ‘परिचित नाम’भन्दा ‘नयाँ विकल्प’ कत्तिको रोज्छन् भन्ने कुराको निर्णायक परीक्षण बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

सुर्खेत–२ : पुराना अनुहार बिदा, नयाँ उम्मेदवारको भिडन्त

सम्बन्धित

तामाकोसीमा बस खस्दा २ पुरुष र ४ महिलाको मृत्यु, उद्धार कार्य जारी

विकासको दाबी, राजनीतिक व्यंग्य र राष्ट्रिय एकताको भाष्य

एमाले अध्यक्ष ओलीको चुनावी दौडधुप :आज झापाको गौरादहमा भेटघाट कार्यक्रम

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको मतपत्र छपाइ सकियो

रविलाई निर्वाचन आचारसंहिता विपरीतका गतिविधि गर्न नवलपरासी प्रशासनको रोक

युरोपको आगामी वर्चस्वशाली शक्तिको भय !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com