ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ


एबीसी न्यूज
माघ १५, २०८२ बिहीबार  ६ : २६ बजे

काठमाडौँ, १५ माघ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भागेका एक थुनुवाले समूह बनाएरै तीन महिनादेखि काठमाडौँ राजधानीमा आतंक मच्चाएको पाइएको छ। काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएका २३ वर्षीय विनय तामाङले समूह बनाएरै काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा व्यक्तिहरूमाथि र घरभित्रै पसेर गरगहनालगायत सामानहरू लुटपाट गरेर आतंक मच्चाएको पाइएको हो।

उनी भदौ २४ गते भएको जेनजी आन्दोलनका समयमा बुढानीलकण्ठस्थित प्रहरी कार्यालयको थुनुवा कक्षबाट भागेका थिए। त्यस समयमा पनि उनी चोरी आरोपमा पक्राउ परेका थिए।

जेनजी आन्दोलनमा भाग्ने अवसर पाएका विनयले पछिल्लो समय लुटपाट गर्ने समूह नै बनाएर राजधानीमै आतंक मच्चाउँदै आएका थिए। लुटपाट र कुपटपिटमा संलग्न रहेको पाइएपछि विनयसहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा विनयसँगै, सिन्धुली मरिण गाउँपालिका ५ का २४ वर्षीय आयन माझी, ७ का ३२ वर्षीय सविन माझी, काभ्रेको चौरी देउरालीका १ का २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, भुम्लु गाउँपालिका १ का १८ वर्षीय राजिब भण्डारी रहेका छन्।
यस्तै रामेछापको दोरम्बा ८ का ३२ वर्षीय बिशाल तामाङ, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरीका २३ वर्षीय मनिस रमाइली, खोटाङ घर भएका सुनचाँदी कालिगढ २८ वर्षीय बिदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखुपाखर ३ का २९ वर्षीय फुर्वा तामाङ छन्।
उनीहरूले जेनजी आन्दोलनको पछिल्लो तीन महिनादेखि काठमाडौँमा रातको समयमा सडकमा हिडिरहेकाहरूमाथि लुटपाट गर्दै आइरहेका थिए। प्रहरी परिसर काठमाडौँका प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार लुटपाट गर्ने समूहमध्येका मुख्य योजनाकार विनय हुन्।
उनी प्रहरीको गोली लागेर घाइतेसमेत भएका छन्। गएराती मुलपानीमा प्रहरीको चेटपोष्टमा बाइक हुइँकाउँदै आएको समयमा चेकजाँच गर्ने क्रममा उनी प्रहरीमाथिसमेत जाइलाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो।उनको खुट्टामा गोली लागेको छ।थापाका अनुसार अन्य व्यक्ति पनि लुटपाट र आपराधिक पृष्ठभूमीका हुन्। यस समूहले दिउँसोमा ट्याक्सी चलाउने गरेकोसमेत पाइएको थापाले जानकारी दिए।दिउँसोमा ट्याक्सीबाट रेकी गर्ने र रातको समय भयो भने बाइकमार्फत घुमेर लुटपाट गर्ने गरेका थिए। यस समूहले बौद्ध, स्वयम्भू, बुढानीलकण्ठ, गौशाला र ठिमीलगायत क्षेत्रमा लुटपाट गरेको पाइएको छ।

प्रहरीले २ वटा ट्याक्सी र ६ वटा मोटरसाइल बरामद गरेको छ। साथै एक थान खुकुरी र मोबाइल फोनहरूसमेत बरामद गरेको प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।दिउँसोभरी उनीहरू चोरी गर्ने ठाउँ, व्यक्तिहरूको रेकी गर्ने, साँझ ९ बजेतिर खान खान जम्मा हुने र त्यसपछि बिहान ४ बजेसम्म लुटपाटमा संलग्न हुने गरेका थिए।आफू लुटिएको भन्दै प्रहरी परिसर काठमाडौँमा १७ वटा उजुरी परेको छ।

जेनजी आन्दोलनपछि यसै पनि सुरक्षा चुनौति बढेको छ। काठमाडौँ उपत्यकामै लुटेराहरूको समूहले आतंक मच्चाएको विषयले नजिकिएको चुनावमा थप सुरक्षा जोखिम देखाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

सम्बन्धित

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com