ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती


एबीसी न्यूज
माघ १५, २०८२ बिहीबार  २ : ०० बजे

हेटौंडा, १५ माघ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि २३ उम्मेदवार मैदानमा उत्रिएका छन्। जसमध्ये १३ जना दलीय र १० जना स्वतन्त्र छन्। यो क्षेत्रमा नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।

एमालेबाट रामेश्वर राना, कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’, राप्रपाबाट दीपकबहादुर सिंह, नेकपाबाट विजय गौतम र रास्वपाबाट प्रकाश गौतम मुख्य प्रतिस्पर्धी छन्।

यहाँको रोचक पक्ष यो हो कि पटक–पटक चुनाव लडिसकेका पुराना अनुहारहरूलाई यसपालि नयाँ पुस्ताका उम्मेदवारहरूले कडा चुनौती दिइरहेका छन्। डिना र सिंह दुवैले यो पाँचौँ पटक प्रतिनिधिसभा चुनाव लड्दैछन्। डिनाले यसअघिका सबै चुनाव हारेकी छन् भने सिंहले २०७९ मा मात्र जितेका थिए।

राना, गौतम र प्रकाश गौतम भने प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष अनुमोदनका लागि पहिलो पटक चुनावी मैदानमा छन्। राना पाका उमेर समूहका छन् भने गौतमद्वय युवा पुस्ताका। यसरी पुरानो अनुभव र नयाँ ऊर्जाको रोचक टक्कर हुने देखिएको छ।

मतदाता र भूगोलको चुनौती

क्षेत्रमा १ लाख ५८ हजार ४३५ मतदाता छन् (७८ हजार ८१० महिला, ७९ हजार ६२१ पुरुष)। २०७४ मा यो संख्या १ लाख २४ हजार ७९९ थियो।

क्षेत्रमा हेटौंडा उपमहानगरपालिकाको १५ वटा वडा, मकवानपुरगढी गाउँपालिकाको ४ वटा वडा, बागमती र बकैया गाउँपालिका पर्छन्। हेटौंडा उपमहानगरका मतदाता शिक्षित र शहरी छन्, जहाँ मत परिवर्तनको सम्भावना उच्च छ। ग्रामीण भेगमा भने संगठित भोट बढी प्रभावशाली हुन्छ।

२०७९ मा सिंहले हेटौंडा उपमहानगरको मतले जितेका थिए। डिनाले बागमती, बकैया र मकवानपुरगढीको भोट धेरै ल्याएकी थिइन्, तर सिंहले २ हजार ३८२ मतान्तरले जितेका थिए (सिंह २७ हजार ८१६, डिना २५ हजार ४३४)।

दलहरूको आकलन

  • एमाले : उपाध्यक्ष हिदम लामा भन्छन्, “रानाको अनुभव, पार्टीको मजबुत संगठन र उच्च राजनीतिक छविका कारण जित सुनिश्चित छ।”
  • कांग्रेस : सचिव भीमसेन महत भन्छन्, “अघिल्लो निर्वाचनभन्दा यसपालि हाम्रो मत बढ्छ। ग्रामीण क्षेत्रमा कमजोर देखिए पनि हेटौंडामा सुधार हुन्छ। पार्टी एकढिक्का छ।”
  • नेकपा : नेता प्रल्हाद लामिछाने भन्छन्, “युवा उम्मेदवार विजय गौतमले बागमती र बकैयामा बलियो आधार छ। हेटौंडा कमजोर भए पनि अध्ययनशील र सुशासनको अनुभवले जित सम्भव छ।”
  • राप्रपा : सहकोषाध्यक्ष सन्दीप सापकोटा भन्छन्, “सिंहले नियमित जनसम्पर्क गरेका छन्। विकासका योजना र मतदातासँगको सम्बन्धले दोस्रो पटक पनि जित्छन्।”

यो क्षेत्रमा पुराना उम्मेदवारहरूको अनुभव र नयाँ पुस्ताको ऊर्जाबीचको प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ। मतदाताले कसलाई रोज्छन् भन्ने फागुन २१ मा मात्र थाहा हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

‘विद्रोह अपरिहार्य थियो, अब डेलिभरी नै निर्णायक हुन्छ’ – डा. लोकराज बराल (भिडियोसहित)

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

ओलीको स्पष्टीकरण : प्रधानमन्त्रीले गोली चलाउन आदेश दिँदैन, घुसपैठ भएर भदौ २३ को दुर्घटना निम्तियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com