ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो


एबीसी न्यूज
माघ १५, २०८२ बिहीबार  ९ : ०१ बजे

काठमाडौं, १५ माघ । टी–२० शृंखला गुमाइसकेको न्यूजिल्याण्डले चौथो खेलमा भारतलाई ५० रनले हराएको छ । पाँच खेलको शृंखला भारतले यसअघि नै जितिसकेको भए पनि हाल भारत ३–१ ले अगाडि छ । विशाखापट्टनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ७ विकेट गुमाउँदै २१५ रन बनाएको थियो ।

न्यूजिल्याण्डका लागि टिम सिफर्टले ३६ बलमा ७ चौका र ३ छक्कासहित ६२ रनको उत्कृष्ट पारी खेले । त्यस्तै, डेभोन कन्वेले २३ बलमा ४ चौका र ३ छक्का सहित ४४ रन बनाए । सिफर्ट र कन्वेले ८.२ ओभरमै १ सय रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाएका थिए ।

भारतका लागि अर्शदीप सिंह र कुलदीप यादवले समान २–२ विकेट लिए । २ सय १६ रनको लक्ष्य पछ्याएको भारत १८ ओभर ४ बलमा १ सय ६५ रनमै अलआउट भयो । भारतका लागि शिवम दुबेले २३ बलमा ३ चौका र ७ छक्कासहित ६५ रनको शानदार पारी खेले । शृंखलाको पाँचौँ तथा अन्तिम खेल पर्सि शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

टी–२० विश्वकपको ‘सुपर–एट’ मा इङ्ग्ल्यान्डले श्रीलङ्कालाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com