ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने


एबीसी न्यूज
माघ १०, २०८२ शनिबार  ८ : ४९ बजे

काठमाडौं, १० पुस । आईसीसीले टी–२० विश्वकप २०२६ बाट बंगलादेशलाई हटाउँदै स्कटल्याण्डलाई खेलाउने निर्णय गरेको छ। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा खेल्न अस्वीकार गरेपछि आईसीसीले बंगलादेशलाई प्रतियोगिताबाट हटाएर स्कटल्याण्डलाई खेलाउने निर्णय लिएको हो।

बीसीबीले निरन्तर बंगलादेशले भारतबाहिर श्रीलंकामा खेल सार्न दबाब दिँदै आएको थियो। यता आईसीसीले विश्वकपको निर्धारित तालिका परिवर्तन गर्न नसक्ने बताएपछि अन्तत बंगलादेश विश्वकपबाटै बन्चित भएको हो।

बिहीबार बीसीबीले भारतमा खेल्न नजाने निर्णय गरेपछि आईसीसी बोर्ड बैठकले भारतमा खेल्न नजाने बंगलादेशलाई प्रतियोगिताबाट हटाएर अर्को टिमलाई मौका दिने निर्णय लिएको हो। अब बंगलादेश आउट भएपछि युरोप छनोट पार गर्न नसकेको स्कटल्याण्डले विश्वकप खेल्ने अवसर पाउने छ। आईसीसीले बंगलादेश नखेल्ने भएपछि विश्वकप खेल्ने देशबाहेक माथिल्लो वरियतामा रहेको स्कटल्याण्डलाई अवसर दिएको हो।

इन्डियन प्रिमियर लिग ९आईपीएल०को कोलकाता नाइट राइडर्सले बंगलादेशका खेलाडी मुस्ताफिजुर रहमानलाई टोलीबाट हटाएपछि सुरु भएको विवादले बंगलादेश भारतमा क्रिकेट खेल्न नजाने अवस्थामा पुगेको हो। यो घटनापछि भारतीय क्रिकेट बोर्ड र बीसीबीबीच तनाव बढेको थियो। सोही तनाव व्यवस्थापन नहुँदा बंगलादेशको पूरै टिमले विश्वकप खेल्न भारत आउन अस्वीकार गरेको हो।

यो विवादपछि बंगलादेश सरकारले आईपीएल प्रसारणमै प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीमा प्राधिकरण सञ्चालक समितिको अध्यक्षमा चन्द्रकला पौडेललाई तोक्ने निर्णय

बालेनको दोहोरो मापदण्ड : ‘मेयर हुँदा सुकुम्बासी हटाउन डोजर चलाए, अहिले भूमि आयोगलाई दोष थोपर्दै छन् ‘

सम्बन्धित

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

भारतमा टी–२० विश्वकप नखेल्ने बङ्गलादेशको अडान कायमै

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com