ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भदौ २४ को आगजनीकर्ता अहिले बालेनका ‘हाउस ओनर’ ?


एबीसी न्यूज

मेयर राम थापाले उठाए गम्भीर प्रश्न – ‘मेरो घर जलाउनेहरूले नै बालेनलाई भाडामा दिए घर!’

दमक, झापा, ८ माघ – झापा क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चुनाव लड्न काठमाडौं महानगरका पूर्वमेयर बालेन्द्र शाह (बालेन) झरेपछि स्थानीय राजनीतिमा तरंग ल्याएको छ। तर, भदौ २४ गतेको जेनजी आन्दोलनमा भएको हिंसा र तोडफोडसँग जोडिएका आरोपहरूले बालेनको चुनावी अभियानलाई चुनौती दिइरहेको छ। दमक नगरपालिकाका मेयर राम थापाले आज यो मुद्दालाई गम्भीर रूपमा उठाउँदै बालेनको चुनावी कार्यालयहरू भाडामा दिनेहरू नै भदौ २४ का ‘विध्वंसकारी’ भएको खुलासा गरेका छन्।

मेयर थापाको आरोप: ‘जसले मेरो घर जलाए, तिनैले बालेनलाई कार्यालय दिए’

मेयर राम थापाले दमक नगरपालिका निरीक्षणका क्रममा भने, “भदौ २४ गते जसले मेरो घर जलाए, नगरपालिका र वडा कार्यालय डढाए, तिनै व्यक्तिहरूले अहिले बालेनलाई चारवटा घर भाडामा दिएका छन्। उनीहरू अहिले उल्टै भ्रम फैलाइरहेका छन्।”

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा दमकमा पनि हिंसा भएको थियो। नगरपालिका कार्यालय, विभिन्न वडा कार्यालयहरू, राजनीतिक दलका कार्यालयहरू, निजी घर र व्यवसायिक प्रतिष्ठानहरूमा आगजनी र तोडफोड भएको थियो। मेयर थापाको घर पनि जलेको थियो। मेयरका अनुसार ती घटनामा संलग्न केही व्यक्तिहरू अहिले बालेनको चुनावी अभियानमा जोडिएका छन् र उनलाई कार्यालय भाडामा दिएका छन्।

बालेनको झापा प्रवेश: चार घर भाडामा, तर विवादास्पद

बालेनले चुनाव प्रचार–प्रसारका लागि दमकमा चारवटा घर भाडामा लिएका छन्। मेयर थापाको दाबी छ कि ती घर भाडामा दिनेहरू नै भदौ २४ का ‘आपराधिक जत्था’ सँग जोडिएका छन्। यो खुलासाले बालेनको छविमा प्रश्न उठाएको छ।

भदौ २४ गते काठमाडौंमा सिंहदरबार जलाइदिने धम्की दिएका बालेनमाथि पनि त्यस घटनामा अप्रत्यक्ष संलग्नताको आरोप लाग्दै आएको छ। उनले यसबारे स्पष्ट जवाफ दिएका छैनन्। अब झापामा पनि यही मुद्दा फेरि उब्जिएको छ।

मनोनयन दर्ताको दिन: जुलुसमा धक्कामुक्की, नाराबाजी र झडप

उम्मेदवारी मनोनयन दर्ताका लागि जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेनका समर्थकहरूले बाहिर ओलीविरुद्ध नाराबाजी गरे। यसले दमक बजारमा केहीबेर झडपको अवस्था निम्त्यायो। निर्वाचन आचारसंहिताविपरीत अन्य दल र नेताविरुद्ध नारा लगाउने कार्यलाई स्थानीय बुद्धिजीवीहरूले ‘अराजनीतिक’ भनेका छन्।

जुलुसमा देखिएका अधिकांश अनुहार काठमाडौं, विराटनगर, जनकपुर र मधेस प्रदेशबाट लगिएका थिए। स्थानीयहरू भन्छन्, “बाहिरबाट ल्याइएको भीडले ‘जनलहर’ देखिन्छ, तर स्थानीय स्तरमा प्रभाव कम छ।”

दमकका मेयर राम थापाको प्रभाव राम थापा राप्रपा नेता हुन् र गत स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन र एमालेसँग प्रतिस्पर्धा गर्दै केपी ओलीका काका नाता पर्ने पूर्वमेयर रोम ओलीलाई हराएका थिए। उनी दमकमा लोकप्रिय छन्। उनको यो अभिव्यक्तिले बालेनको अभियानलाई थप रक्षात्मक बनाउने देखिन्छ।

‘फर्स्ट इम्प्रेसन लास्ट इम्प्रेसन’

झापाका एक राजनीतिक विश्लेषक भन्छन्, “बालेनको हिजोको जुलुस र व्यवहारले ‘फर्स्ट इम्प्रेसन’ खराब बनाएको छ। युवापंक्तिमा क्रेज भए पनि स्थानीय मतदाताले विगतका घटना र व्यवहारलाई हेर्छन्। एक हप्तापछि चित्र स्पष्ट हुन्छ।”

ओलीको प्रतिक्रिया

ओलीले पनि आज झापा–५ का दक्षिणी क्षेत्रका कार्यकर्तासँग छुट्टाछुट्टै भेटघाट गर्दै छन्। जेनजी आन्दोलनमा क्षति भएका संरचनाको निरीक्षण पनि गर्ने कार्यक्रम छ। यो क्षेत्रमा ओली र बालेनबीचको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ।

फागुन २१ को मतदानले झापा–५ को नतिजा कस्तो आउँछ? बालेनको ‘परिवर्तन’ नारा कि ओलीको ‘स्थिरता’ ले जित्छ? स्थानीय मुद्दा र विगतका घटनाले निर्णायक भूमिका खेल्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

नेकपा २७ वर्षीय राष्ट्रिय खेलाडी अजय कुशवाहाको बारा ४ मा उत्साहजनक ‘नयाँ खेल’ सुरु !

सम्बन्धित

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

“रविको चलाखीले फसाइदियो” – बालेन–रवि जोडीमाथि ओलीको व्यंग्य

नेकपा २७ वर्षीय राष्ट्रिय खेलाडी अजय कुशवाहाको बारा ४ मा उत्साहजनक ‘नयाँ खेल’ सुरु !

ग्रीनल्यान्ड : नयाँ साउदी ? अमेरिकाले कब्जा गर्न खोज्दा युरोप त्रसित !

झापा–५ मा ओलीको आज ‘वडा-वडा’ अभियान

पहिचानवादी नेता डकेन्द्र सिंह थेगिमले छोडे उज्यालो पार्टी – ‘नो कोशी, नो केबलकार’ अभियान घोषणा!

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com