ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं क्षेत्र नं ५ मा नेकपाबाट कल्पना शर्मा


एबीसी न्यूज


काठमाडौं माघ ५

नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नं। ५ बाट कल्पना शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपाका सहसंयोजक माधवकुमार नेपालले सोमबार शर्मालाई औपचारिक रूपमा टिकट हस्तान्तरण गरेका छन् ।

पार्टीभित्र जुझारु, संगठनात्मक क्षमता भएकी र समुदायसँग नजिकबाट काम गर्दै आएकी नेतृका रूपमा परिचित शर्मा नेकपाको केन्द्रीय सदस्य हुन् । उनी साविकको नेकपा माओवादी केन्द्रको रसुवा जिल्ला इन्चार्जका रूपमा कार्यरत रहँदा संगठन विस्तार, जनसम्पर्क र पार्टी सुदृढीकरणमा उल्लेखनीय भूमिका खेलेकी नेतृका रूपमा चिनिन्छिन् ।

युवा पुस्तासँगै महिला, श्रमिक र सीमान्तकृत समुदायसँग सहज रूपमा घुलमिल हुन सक्ने क्षमता भएकी शर्माले यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा टोखा नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेकी थिइन् । सो निर्वाचनमा उनले सशक्त उम्मेदवारी प्रस्तुत गर्दै स्थानीय स्तरमा राम्रो जनसमर्थन हासिल गरेकी थिइन् ।

नेकपाले काठमाडौं क्षेत्र नं। ५ मा परिवर्तन, समावेशिता र विकासलाई केन्द्रमा राखेर चुनावी अभियान अघि बढाउने तयारी गरेको जनाएको छ । शर्माको उम्मेदवारीले महिला नेतृत्वलाई थप सशक्त बनाउने र काठमाडौंमा पार्टीको आधार बलियो बनाउने अपेक्षा गरिएको छ ।

टिकट ग्रहणपछि प्रतिक्रिया दिँदै शर्माले काठमाडौं क्षेत्र नं। ५ का मतदातासँग नजिक रहेर काम गर्ने र जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउने बताइन् । पार्टीको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको समस्या, सुशासन, रोजगारी र समावेशी विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसबाट कहाँ–कहाँ कसले पाए टिकट ?

रास्वपाका नेताहरू कसको प्रतिस्पर्धा कोसँग ? झापामा ओली र बालेन

सम्बन्धित

बागलुङमा नेकपा र मसालबीच चुनावी तालमेल

कांग्रेसको कोशी प्रदेश उम्मेदवार सूची: १३ मध्ये १२ नयाँ अनुहार, रामहरि मात्र अनुभवी

पार्क भिलेजमा कांग्रेस टिकटको रस्साकसी: आरजुको सट्टा मनुलाई मौका

कांग्रेस विवादः देउवा पक्षको ‘यू–टर्न’ मुद्दा फिर्ता लिन सहमत

नेकपाबाट समाजवादी पक्षका कतिले पाए टिकट ?

रास्वपाभित्र विवाद चर्किँदै :तेह्रथुममा सामूहिक राजीनामा, दाङ–२ मा हस्ताक्षर अभियान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com