काठमाडौं, २३ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीसंग आजै भेट गर्ने भएका छन् ।

भ्रमणको पहिलो दिन नै ओलीले भारतीय समकक्षी संग भेटवार्ता गर्न लागेका हुन् । भेटवार्ता साँझ पौने ७ बजे गरिने कार्यक्रम छ ।
यद्यपि प्रतिनिधिमण्डलको भेटवार्ताको कार्यक्रम भने शनिबार रहेको छ । शनिबार द्विपक्षीय भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ ।
५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारत भ्रमणमा पुगेका प्रधानमन्त्री ओलीले शुक्रबार भारतीय उद्योगी व्यापारीसँगछलफल गरी नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्