ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज सोनाम ल्होसार, घोडा वर्षको शुभारम्भ


एबीसी न्यूज

काठमाडौं ५ माघ, : आज तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने २८६२ औँ सोनाम ल्होसार पर्व हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने यो पर्व तामाङ समुदायको प्रमुख सांस्कृतिक चाड हो।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षचक्रमा विभाजन गरिएको छ। आजबाट सर्प वर्ष समाप्त भई घोडा वर्ष सुरु भएको छ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिने भएकाले यसलाई प्रकृतिपूजासँग जोडिएको पर्वका रूपमा लिइने अनुसन्धानकर्ताहरू बताउँछन्।

तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष उल्लासका साथ मनाइन्छ। पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ।

यसैगरी नेपाल तामाङ घेदुङले राजधानीको टुँडिखेलमा शनिबारदेखि तीन दिनसम्म चल्ने ल्होसार महोत्सव सुरु गरेको छ। आइतबारदेखि टुँडिखेलमा औपचारिक रूपमा ल्होसार महोत्सव सञ्चालन भइरहेको छ।

विगतमा सोनाम ल्होसारको सार्वजनिक बिदा कटौती गरिएको भए पनि पछि सरकारले देशैभर सार्वजनिक बिदा दिन थालेको छ। विभिन्न प्रदेश तथा स्थानीय सरकारले पनि आज सार्वजनिक बिदा दिएका छन्।

पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न राजनीतिक दलका नेताहरूले शुभकामना सन्देश व्यक्त गरेका छन्।

महोत्सवअन्तर्गत तामाङ समुदायका ताम्बा, बोन्बो र लामाहरूको विशेष सांस्कृतिक झाँकी, परम्परागत गीत–नृत्य प्रस्तुत गरिनेछ। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याती प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने मूल समारोह समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

एमाले अध्यक्ष ओली उम्मेद्वारी दर्ताका लागि आज झापा जाँदै

सम्बन्धित

नेपाल प्रहरीका ४८ एसपीको सरुवा:चुनावको हटस्पट मानिएको झापामा खड्का

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

समृद्ध मुलुक निर्माण गर्न ऊर्जा प्रदान गरोस्ः राष्ट्रपति

जानकी मन्दिरको आरतीमा बालेन र अमरेश, बिहानै पुगेर गरे पूजाअर्चना

स्थानीय र प्रदेश छाडेर प्रतिनिधिसभातर्फ लर्को (सूची)

प्रगतिशील लोकतान्त्रिक पार्टीको समानुपातिक बन्दसूची सार्वजनिक, ९३ को नाम (पूर्ण सूची)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com