काठमाडौं,४ माघ । आइतबारको राष्ट्रिय सभा बैठक साढे ७ मिनेट बसेर सकिएको छ ।चालू अधिवेशनको पहिलो दिन आज दुई वटा कार्यसूची पेस भए ।
पहिलो अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । दोस्रो राष्ट्रिय सभा सदस्य बलदेव बोहराको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसुची ।दुवै कार्यसूची अनुसार बैठक चल्यो र साढे ७ मिनेटमै बैठक सकियो ।बहालवाला सांसद्को निधनमा शोक प्रस्ताव पारित गरेपछि बाँकी कार्यसूचीमा अगाडि नबढ्ने अभ्यास छ । यसकारण अन्य कार्यसूचीमा बैठक प्रवेश गरेन ।
यसकारण साढे ७ मिनेटमै बैठक सकिएको हो ।राष्ट्रिय सभाको अर्को बैठक यही माघ ९ गते बस्ने गरी आजको बैठक सभाध्यक्ष नारायण दाहालले स्थगित गरेका छन् ।आगामी बैठकमा राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।
त्यसदिन अध्यादेश पेश गर्ने कार्यसूची छ । यसबीचमा सरकारले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश, नेपाल विशेष सेवा ऐन, २०४२ लाई संशोधन गर्न बनेको अध्याधेश र प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ ल्याएको छ ।विकास, आर्थिक मामिला तथा सुशासन समितिको राष्ट्रिय सदाचार नीति सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सभामा पेस गर्ने र पर्यटन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।








प्रतिक्रिया दिनुहोस्