ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन आयोगलाई विधानको व्यवस्था बारे जानकारी गराउदै गगनपक्षीय कांग्रेस


एबीसी न्यूज

काठमाडौं, २ माघ । विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको विधानमा भएको व्यवस्थाबारे निर्वाचन आयोगलाई प्रष्ट्याएको छ ।उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले विधानमा भएको विशेष महाधिवेशनको व्यवस्थाबारे स्पष्ट पारिरहेका हुन् ।‘विधानको धारा १७ को २ को व्यवस्था बाध्यकारी हो ।

सो व्यवस्थाअनुसार ५४ दशमलब ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अवस्था आएकाले विशेष महाधिवेशन बोलाउन भन्दै माग गर्नुभएको हो । तर, केन्द्रीय कार्यसमितिले महाधिवेशन प्रतिनिधिले विधानतस् प्राप्त गरेको सार्वभौम अधिकार प्रयोग गर्न नपाएपछि हामी दुई महामन्त्रीले विधानकै व्यवस्थाअनुसार विशेष महाधिवेशन आह्वान गरेका हौं,’ उनले भने, ‘सोही अनुसार पुस २७ देखि ३० सम्म विशेष महाधिवेशन सम्पन्न भयो । त्यसले नीतिहरूसँगै नेतृत्व पनि परिवर्तन गरेको छ ।’विधानको यही व्यवस्थाबारे अर्का उपसभापति पुष्पा भुसालले पनि आयोगका पदाधिकारीलाई प्रष्ट पारेकी थिइन् । उनले विधानले दिएको अधिकार प्रयोग गरी महाधिवेशन प्रतिनिधिहरूले बोलाएको महाधिवेशन भएकाले निर्वाचन आयोगले त्यसबाट निर्वाचित कार्यसमितिको विवरण चाँडो अद्यावधिक गरिदिन आग्रह गरिन् ।

उनले ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिले नयाँ कार्यसमिति चयन गर्न पाउने भए पनि ५७ दशमलब २१ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरले पुरानो कार्यसमिति विघटन गरी नयाँ कार्यसमिति चयन गरेको जानकारी गराइन् ।

नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले पनि विधानको अक्षरश पालना गरी विशेष महाधिवेशन सम्पन्न भएकाले त्यहाँबाट निर्वाचित भएको निर्वाचन आयोगले नवनिर्वाचित कार्यसमितिको विवरण अद्यावधिक गर्नु पर्ने धारणा राखे ।

निर्वाचन आयोगसँगको छलफलमा उपसभापतिहरू शर्मा र भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेलगायतका पदाधिकारी तथा थुप्रै केन्द्रीय सदस्य उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमालेको प्रतिस्पर्धी कोही छैन, नजित्ने ठाउँ कहीँ छैन – अध्यक्ष ओली

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

सम्बन्धित

गगन थापा पक्षलाई मान्यता दिने आयोगको निर्णय

रवि जोडिएका मुद्दाका सबैलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोपबाट छुट्कारा

देउवामाथि लगाइएका आरोप असत्य : पूर्णबहादुर खड्का

रेणुलाई विकास प्रेमीको रूपमा हामीले होइन, जनताले स्थापित गरेका हुन्– अध्यक्ष प्रचण्ड

रवि लामिछानेको अभियोग संशोधन गर्ने निर्णयमा नेपाल बारको आपत्ति

गुल्मीका दुवै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com