ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली : जेन जी आन्दोलन सुनियोजित षड्यन्त्र, संसद् भवनमा असामाजिक तत्वको आक्रमण(आरटीसँगको अन्तर्वार्ता)


एबीसी न्यूज


काठमाडौं ३० पुस । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन जी आन्दोलनलाई सुनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय समाचार नेटवर्क आरटीसँगको अन्तर्वार्तामा उनले २३ र २४ भदौको आन्दोलन अस्वभाविक र योजनाबद्ध रहेको बताएका हुन्।

‘यो कुनै सामान्य वा स्वाभाविक घटना थिएन। यो एक्कासी हुनै सक्दैन, यो पूर्ण रूपमा सुनियोजित थियो,’ ओलीले भने। उनले जेन जी पुस्तालाई अगाडि सारेर अराजक र असामाजिक तत्वले आन्दोलनमा घुसपैठ गरेको र संसद् भवनमा आक्रमण भएको दाबी गरे।

ओलीका अनुसार, श्रीलंका र बंगलादेशले आफ्नो देशमा भएका प्रदर्शनजस्तै नेपालमा पनि हुनसक्ने चेतावनी त्यसअघि नै दिएका थिए। ‘उनीहरूले यस्तो हुन सक्छ भनेर भनिरहेकै थिए, र अन्ततः भयो,’ उनले भने। उनले यसलाई नेपालको लोकतन्त्र र सार्वभौमिकतामाथिको आक्रमणको संज्ञा दिए।

केही वर्षदेखि नै यस घटनाको तयारी भइरहेको दाबी गर्दै ओलीले अवस्थाको गम्भीरता बुझ्न नसक्नु आफ्नो सरकारको कमजोरी भएको पनि स्वीकार गरे। घटनाको पूर्ण छानबिन हुन समय लाग्ने उनको भनाइ छ।

अन्तर्वार्तामा ओलीले आफ्नो कार्यकालमा चीन र भारत दुवैसँग सम्बन्ध राम्रो रहेको र नेपालको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन नदिने नीति कायम रहेको स्पष्ट पारे।

उनले हाल नेपालमा निर्वाचनका लागि उपयुक्त वातावरण नबनेको पनि बताएका छन्। फेरि प्रधानमन्त्री बन्ने विषयमा भने उनले व्यक्तिगतभन्दा देशको सार्वभौमसत्ता मुख्य विषय भएको बताए।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर सक्रिय राजनीतिमा आएका बालेन शाहको निर्णयको ओलीले स्वागत गरेका छन्। युवाको राजनीतिमा सहभागिता सकारात्मक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक प्रक्रियालाई सम्मान गर्नुपर्ने बताए।

Gen Z protests in Nepal were a planned conspiracy – former PM Video

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस सहमहामन्त्री फर्मूल्लाह मन्सूर पनि निष्कासित

सम्बन्धित

गगन थापा– ‘हामी नै आधिकारिक कांग्रेस, रुख र चारतारे झन्डा हामीसँग छ’

कांग्रेस विवाद : देउवा पक्ष निर्वाचन आयोग पुग्यो, विशेष महाधिवेशन ‘नभएको’ दाबी

कांग्रेस संकट गहिरो : गगन–विश्वलाई कारबाहीको निर्णय सुनाउँदा पूर्णबहादुर भावविह्वल

गगन र विश्वलाई देउवा पक्षले गर्‍यो ५ वर्षको कारबाही

केन्द्रीय कार्य समितिमा पूर्णबहादुरको ब्रिफिङः गगन–विश्वले धोका दिए, पार्टी फुटतिर गयो

कांग्रेस बैठकमा कानुन व्यवसायी पनि सहभागी, विशेष महाधिवेशनको चुनाव बेलुका ८ बजेमात्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com