ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको दिल्ली भ्रमण भारतीय कुटनीतिको वास्तविक परीक्षण : एसडी मुनी


admin
चैत्र २२, २०७४ बिहीबार  ९ : २४ बजे


नयाँ दिल्ली, २२ चैत ।
नेपाल मामिला जानकार भारतीय प्रोफेसर एसडी मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशबीचको तिक्तता कमी गर्ने उपयुक्त सयम भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा एबीसी टेलिभिजनका विशेष सम्वाददाता अनन्त अनुरागसँग नयाँ दिल्लीमा कुरा गर्दै प्रो. मुनीले प्रधानमन्त्री ओलीको नयाँ दिल्ली भ्रमणलाई नेपाल–भारत सम्बन्ध सुधारको गतिलो अस्त्रको रुपमा लिन भारतीय संस्थापन पक्षलाई सुझाव पनि दिएका छन् ।

मुनीले नेपाल–भारत सम्बन्धमा कुनै पनि दरार आउन नदिन दुवै देश सजग बन्नुपर्ने बताए । प्रो. मुनीले भारतीय नाकाबन्दी र संविधान स्वीकार नगर्नु भारतीय संस्थापन पक्षको कमजोरी रहेको टिप्पणी गरे ।

नेपाल जानकार समेत रहेका मुनिले अबका दिनमा भारत सरकारले सम्बन्धमा दरार ल्याउने कुनै पनि कार्य नगरी स्वतन्त्र राष्ट्रसँग असल छिमेकी व्यवहार देखाउन सुझाव दिए ।

पछिल्लो समय भारतले छिमेकीसँगको व्यवहारमा सुधार ल्याउने संकेत देखाएकोले अबका दिनमा कुनै पनि तिक्तता दुवै देशका लागि हितकर नहुने बताए । दुवै देशका जनताबीच सुमधुर सम्बन्ध हुँदै आए पनि राजनीतिक नेतृत्वको गलत कदमका कारण सम्बन्धमा उतार चढाव आउने गरेको चर्चा गर्दै उनले एकले अर्काको विश्वास जित्नेतर्फ कार्य गर्न सल्लाह दिए ।

मुनीले बिहीबार बिहान ट्वीट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भारतीय कुटनीतिको परीक्षण भएको बताएकाका थिए ।
प्रोफेसर मुनीले ट्वीटमा भारतको ध्यान ओलीको राष्ट्रवादी प्रोफाइल कम गर्न र नेपाललाई चिनिया राजनीतिक समर्थनबाट बाहिर तान्नेमा केन्द्रित हुने पनि दाबी गरेका थिए ।

भारतीय कुटनीति सफल हुन्छ या हुँदैन भन्ने विषय भने ओली नेपाल फर्केपछि थाहा उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com