ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारले आन्दोलनकारी र लुटेराहरू छुट्याइदिनु पर्‍यो : उपेन्द्र महतो


एबीसी न्यूज

काठमाडौं, १० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले आन्दोलनकारी र लुटेराहरू छुट्याइदिन नेपाल सरकारलाई आग्रह गरेका छन् ।
आफूलाई भेट्न पुगेका एनआरएन अभियन्ताहरुसँग कुरा गर्दै महतोले आन्दोलनको आडमा लुटपाट गर्नेहरूलाई ‘लुटेरा’ को संज्ञा दिँदै उनीहरूलाई तुरुन्तै पहिचान गरी कारबाही गर्न माग गरे । उनले यसो गर्दा भविष्यमा हुने आन्दोलनहरूलाई अनुशासित बनाउन मद्दत पुग्ने विश्वास पनि व्यक्त गरे ।
उनले आफ्नो घरमा भएको आगजनीलाई एनआरएनमाथिको आक्रमणका रूपमा लिएको बताउँदै सो आक्रमण नेपालको राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रभाव राख्ने निकायहरूलाई लक्षित गरी गरिएको सुनियोजित योजनाको अंश भएको बताए ।
महतोले एनआरएनका आन्तरिक विवाद र फुटले संस्था कमजोर भएको स्वीकार गर्दै सबै एनआरएनकर्मीलाई एकजुट हुन आह्वान पनि गरे । उनले एनआरएन बलियो भए मात्र नेपालमा विदेशी लगानी भित्र्याउन सकिने र देशको समग्र विकासमा योगदान पुग्ने कुरामा जोड दिए । उनले भने, ‘एनआरएनले राजनीतिक दल र सरकारसँग सशक्त रूपमा आफ्ना कुरा राख्नुपर्छ ।’
महतोले सरकारले एनआरएनलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे । उनले नेपालको पुनर्निर्माणमा एनआरएनहरुको महत्त्वपूर्ण भूमिका रहनु पर्छ भन्दै उनले गैरआवासीय नेपालीहरुलाई साझेदारको रुपमा हेर्न आग्रह गरे।
उक्त भेटघाटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले संस्थापक अध्यक्ष उपेन्द्र महतोको निजी सम्पत्ति माथि गरिएको आक्रमण सम्पूर्ण एनआरएनमाथिको आक्रमण भएको बताए ।
‘तपाईंको निवासमा गरिएको दुष्कृत्य केवल तपाईं र तपाईंको परिवारमाथि प्रत्यक्ष आक्रमण मात्र थिएन, यो देशभित्र र विदेशमा रहेका प्रत्येक नेपालीको सम्मान, सुरक्षा र आशामाथि गरिएको हमला पनि हो, उनले भने।
आक्रमणले एनआरएन समुदायका हरेक सदस्यको मनमा गहिरो चोट पुयाएको उल्लेख गर्दै अब बलियो एकताको संकल्पका साथ अघि बढ्नु पर्नेमा अध्यक्ष श्रेष्ठले जोड दिए ।
नेपालमा सुरक्षा अवस्था कमजोर रहेको सन्देश गएको र यसले लगानी भित्र्याउन नकारात्मक असर पर्ने भन्दै यसका लागि सरकारले गम्भीररुपमा समीक्षा गर्नु पर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनएका पूर्व अध्यक्ष डा। शेष घलेले उक्त घटना दुखद भएको बताउँदै हिम्मत नहार्न हौसला प्रदान गरे । संस्थागतरुपमै सबै मिलेर नेपालको आर्थिक विकासका लागि एनआरएनए केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।

यसैगरी एनआरएनए अभियन्ता आरके शर्माले एकताबद्ध एनआरएन बनाएर सबै अघि बढेमा आगामी दिनमा कसैले पनि एनआरएनहरु माथि हमला गर्न नसक्ने बताए। उनले हामी केही लिन नभएर केही दिनको लागि मातृभूमिको सेवामा जुटी रहेका छौं भन्दै यो कुरा बुझी दिन सबै नेपालीलाई आग्रह पनि गरे।

सो अवसरमा एनआरएनए उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङ, एनआरएन उपाध्यक्ष खगेन्द्र न्यौपाने, महिला संयोजक रश्मी थापा, युवा संयोजक भीमसेन थापा, अनुसन्धान संयोजक दीपेश खत्री, सदस्यसचिव धर्म राज गिरी, विपद् व्यवस्थापन समितिका सदस्य निरञ्जन भण्डारी, निराजन खत्री लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com