ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डिपिएल: काठमाडौँ गोल्डेन्सद्वारा अत्तरिया पराजित


admin

धनगढी, २१ चैत । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटप्रतियोगिताअन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गोल्डेन्सले सिवाइसी अत्तरियालाई ११ रनले पराजित गरेको छ ।

कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा काठमाडौँ गोल्डेन्सले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरको खेलमा काठमाडौँले नौ विकेट गुमाउँदै एक सय ३७ रन बनायो । एक सय ३८ रनको विजय लक्ष्य पछ्याउने क्रममा अत्तरियाले आठ विकेट गुमाउँदै मात्र एक सय २६ रन बनायो ।

काठमाडौँ गोल्डेन्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५७ रन बनाए । उनले ४३ बलमा तीन छक्का र चार चौका प्रहार गरे । नरेश बुढाऐरले १७ बलमा दुई छक्का र दुई चौकासहित २७ रन बनाए । रशिद खानले नौ बलमा १६ रन बनाए ।

बलिङतर्फ सिवाइसी अत्तरियाका शुभांकर उरावले तीन विकेट लिए । कृष्ण कार्की र विपीन चन्द्रले दुई दुई विकेट लिए । यस्तै कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जवाफी ब्याटिङका गर्ने क्रममा अत्तरियाले १२८ रन मात्र बनाउन सक्यो । उन्नाइसौँ ओभरमा जीतका लागि १९ रनको आवश्यकता थियो । उन्नाइसौँ ओभरमा अत्तरियाले कुनै रन जोड्न सकेन । सुबोथ भाटीले मेडन विकेट लिए । अन्तिम ओभरमा अत्तरियाले मात्र ६ रन जोड्न सक्यो ।

अत्तरियाका लागि गौरव चित्काराले २६ बलमा चार छक्का र एक चौकासहित ३६ रन बनाए । विपीनले अविजित रहँदै २४ बलमा दुई छक्का र एक चौकासहित २६ रनको योगदान दिए । शुभांकरले १२ रन बनाए ।

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका प्लेयर अफ द म्याच सुबोथले तीन विकेट लिए । उनले चार ओभर बलिङ गर्दै एक मेडन राख्दै १० रन खर्चे । सन्नी पटेल र रशिदले दुई दुई विकेट लिए । शाहव आलमले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com