काठमाडौ १२ भदौ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका व्यापार सल्लाहकार पिटर नभारोले भारतले युक्रेनविरुद्ध रुसको युद्धलाई आर्थिक सहयोग गरेको आरोप लगाएका छन्।
उनले यो युद्धलाई ुमोदीको युद्धुसमेत भनेका छन्।
नभारोले बुधबार ब्लुमबर्ग टेलिभिजनको कार्यक्रममा भनेका छन्, ‘यदि भारतले रुसी तेल किन्न बन्द गर्यो भने भोलि २५ प्रतिशत छुट पाउन सक्छ।’
यस क्रममा उनले रुसको तेल किन्न छाड्दिनँ भनेर भारतले किन भनेको भनेर प्रश्न पनि गरे।
नभारोले भनेका छन्, ‘रुसले त्यो ९भारतलाई तेल बेचेको० पैसा आफ्नो युद्ध मेसिन चलाउन प्रयोग गर्छ, धेरै युक्रेनीलाई मार्छ। अनि युक्रेन हामी र युरोपकहाँ आउँछ र भन्छ( हामीलाई थप पैसा दिनुहोस्।’
उनले अगाडि भनेका छन्, ‘यसरी अमेरिकी जनता हार्छन्, किनभने हामीले मोदीको युद्धलाई आर्थिक सहयोग गर्नुपर्छ।’
अमेरिकाले बुधबार ९अगस्ट २७० देखि भारतबाट आफ्नो देशमा आउने सामानमा थपिएको २५ प्रतिशतसमेत कुल ५० प्रतिशत भन्सार महसुल लगाएको छ।








प्रतिक्रिया दिनुहोस्