काठमाडौं ८ भदौ । चीनले विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना निर्माण थालेको घोषणा गरेको छ । आयोजना निर्माणको घोषणा गर्दै चिनियाँ प्रधानमन्त्री ली छ्याङले यसलाई ‘प्रोजेक्ट अफ द सेन्चुरी’ भनेका छन् । तिब्बतको यारलुङ त्साङ्पो नदीमा निर्माण हुन लागेको यो जलविद्युत् परियोजनालाई निकै महत्वका साथ हेरिएको छ । चीनको १४औँ पञ्चवर्षीय योजनाअन्तर्गतको यो परियोजना निर्माणको घोषणा भएको गार्जिएनले जनाएको छ । चीनले सन् २०२० मै १४औँ पञ्चवर्षीय योजना अन्तर्गत यो परियोजना निर्माणको घोषणा गरेको थियो । प्रधानमन्त्री छ्याङले दिर्घकालीन महत्व राख्ने आयोजना निर्माणको घोषणा गरेपछि चिनियाँ सेयर बजार समेत बढेको छ भने यस बारे विभिन्न बहसहरु छेडिएका छन् । एबीसी टेलिभिजनको एबीसी विषेश कार्यक्रममा बोल्दै नेपालको उर्जा विज्ञ रत्नसंसार श्रेष्ठले चीन सवैभन्दा शक्तिशाली राष्ट्र बन्दै गर्दा सवैभन्दा बलियो स्रोत भनेको उर्जा भएको हुदा चीनले क्षेत्रमा ठुलो लगानी गरिरहेको बताए । उनले नयाँ यारलुङ सांगपो नदीमाथि बन्न लागेको उक्त परियोजना त्यसै अन्तर्गत भएको बताए । चीनले भारतको अरुणाचल प्रदेश नजिकै तिब्बतमा ब्रह्मपुत्र नदीमा यो बाँधले तल्लो तटीय देशहरु विशेषगरी भारत र बंगलादेशमा चिन्ता बढाएको छ। भन्ने प्रश्नमा उनले अन्तराष्टिय कानुन अनुसार पानीको बाँडफाँडमा पहिलो अधिकार जुन देशमा पानी बहान छ त्यो देशको पहिलो अधिकार हुने बताए । उनले यो बाँध बनाउनु र विद्युत उत्पादन गर्नु यो चीनको घरायसी मामिला भएको बताए । उर्जा विज्ञ श्रेष्ठले भारतले जहिले पनि दोहोरो चरित्र देखाउने गरेको बताउदै उनले भने भारत अहिले रोएर हिडेको छ, मलाई माथिल्लो तटिय देशले अफ्ठोरोमा पारे भन्दै तर आफुले गंगा नदिको फर्रका भन्ने स्थानमा बाँध बाँधेर वंगालादेशमा पानी पठाएको छैन, आफुले वंगला देशमा पानी नपठाउदै केहि नहुने र चीनले आफ्नो अन्तराष्टिय मान्यता र सिद्धान्त अनुसार काम गर्दा विरोध गर्नुको कुनै अर्थ छैन । तिब्बतको यारलुङ त्साङ्पो नदी भारतको अरुणाञ्चल प्रदेशको सियाङ र दियाङमा गएर मिसिन्छ । नाटकीय रुपमा धार लिएको तिब्बती यारलुङ त्साङ्पो नदी असाम भएर अन्य साना खोलाहरु मिसिँदै ब्रह्मपुत्रमा मिसिन्छ । ब्रह्मपुत्र बंगलादेश हुँदै बग्छ । बंगलादेशमा मिसिएपछि जमुना नदी बन्छ । त्यसै कारण भारत र बंगलादेशले चीनको यो परियोजनाको विरोध गर्दै आएका छन् ।तर उर्जा विज्ञ श्रेष्ठले चीन बाट ब्रह्मपुत्र नदिनमा आउने हाल पानी ३५ प्रतिशतमात्र भएको बताउदै पछि पनि पानीको नघ्ने तर्क गरे । उनले चीन बाँध बनाएको क्षेत्र कृर्षी योग्य जमिन नभएको कारण पानी सिचाई तर्फ खर्च नहुने हुदाँ पानी नट्ने दावी गरे ।
यस बाँध र ब्रह्मपुत्र नदीका बारेमा १० तथ्य यस्ता छन्
१– ब्रह्मपुत्रमा चीनले निर्माण गर्ने यो बाँध विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध हुनेछ । यस परियोजनामा पाँच जलविद्युत स्टेशनहरू समावेश हुनेछन् । तिनीहरूको कुल लागत १।२ ट्रिलियन युआन ९अमेरिकी डलर १६७।८ अर्ब अमेरिकी डलर० हुनेछ । हाल, चीनको याङ्त्जे नदीमा बनेको थ्री गर्जेज बाँध २२।५ गिगावाट क्षमताको विश्वको सबैभन्दा ठूलो बाँध हो ।
२– ब्रह्मपुत्र नदीमा निर्माण हुने यो बाँधले प्रति वर्ष ३०० अर्ब किलोवाट घण्टा बिजुली उत्पादन गर्नेछ । यहाँ उत्पादन हुने बिजुली मुख्यतया तिब्बत बाहिर आपूर्ति गरिनेछ । यद्यपि, यसको केही भाग स्थानीय उपभोग आवश्यकताहरूको लागि पनि दिन सकिन्छ । चीनको दाबी छ, यसले तिब्बतमा हजारौं रोजगारीका अवसरहरू सिर्जना गर्नेछ ।
३– चीनको यो बाँध त्यहाँ निर्माण गरिरहेको छ, जहाँ ब्रह्मपुत्र नदीले तीव्र यू–टर्न लिएर भारतको अरुणाचल प्रदेश र त्यसपछि बंगलादेशमा बग्छ । यस्तो अवस्थामा, यो बाँधले नदीको प्राकृतिक प्रवाहलाई बाधा पुर्याउने जोखिम निम्त्याउँछ । भारत र बंगलादेशले नदीको पानीको प्रवाह, पारिस्थितिक स्थिरता र क्षेत्रीय भूराजनीतिमा पर्ने प्रभावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।
४– चीनले आफ्नो नयाँ ऊर्जा लक्ष्यहरू प्राप्त गर्न यो परियोजनाको महत्त्वलाई जोड दिइरहेको छ । चीनले भारत र बंगलादेशको चिन्तालाई अस्वीकार गरेको छ । यद्यपि, विज्ञहरू विश्वास गर्छन्, यो बाँधले कृषि उत्पादकता ९धान र जुट बालीका लागि० र पूर्वी हिमालय जस्ता जैविक विविधता हटस्पटहरूलाई असर गर्न सक्छ ।
५– ब्रह्मपुत्र धेरै देशहरूमा बग्ने नदी हो । यसको बेसिन चीन ९५०।५५०, भारत ९३३।३५०, बंगलादेश ९८।१५० र भुटान ९७।८५० मा ५,८०,००० वर्ग किलोमिटरमा फैलिएको छ । भारतमा यसको क्षेत्रफल १,९४,४१३ वर्ग किलोमिटर छ । यसमा अरुणाचल प्रदेश, असम, मेघालय, नागाल्याण्ड, सिक्किम र पश्चिम बंगालका क्षेत्रहरू समावेश छन् ।
६। ब्रह्मपुत्र नदी तिब्बतको कैलाश पर्वतमालामा रहेको मानसरोवर तालको पूर्वमा अवस्थित चेमायुङडुङ हिमनदीबाट उत्पन्न हुन्छ । यो तिब्बतमा १,२०० किलोमिटर पूर्वमा यार्लुङ त्साङपो नदीको रूपमा बग्छ । नदीले ग्रेट बेन्ड भनेर चिनिने नामचा बर्वामा यू–टर्न लिन्छ । यहाँ यो अरुणाचल प्रदेश ९सदिया शहरको पश्चिम० बाट भारतमा प्रवेश गर्छ ।
७– ब्रह्मपुत्र नदीको प्रवाहको ढाँचाले जलविद्युत उत्पादनको लागि राम्रो भौगोलिक अवस्था सिर्जना गर्दछ । ब्रह्मपुत्रलाई बंगलादेशमा जमुना भनेर चिनिन्छ । यो बंगालको खाडीमा खस्नु अघि पद्मा नदीमा मिल्छ । ब्रह्मपुत्र अद्वितीय छ, किनकि यो तिब्बतमा पश्चिमबाट पूर्व र आसाममा पूर्वबाट पश्चिममा विपरीत दिशामा बग्छ ।
८– सीमापार नदीहरूमा सहयोगको लागि एक व्यापक सम्झौतापत्र र ब्रह्मपुत्र र सतलजमा दुई अलग–अलग सम्झौताहरू छन् ।
९– ब्रह्मपुत्र सम्झौतापत्र प्रत्येक पाँच वर्षमा नवीकरण गरिन्छ । यसको म्याद दुई वर्ष अघि २०२३ मा सकियो । त्यसबेलादेखि, यसको नवीकरणको प्रक्रिया कूटनीतिक माध्यमबाट चलेको थियो । हाल यस सम्झौतापत्र अन्तर्गत कुनै पनि गतिविधि भइरहेको छैन ।
१०– ब्रह्मपुत्र नदीमा चीनले निर्माण गरिरहेको बाँधबाट भारतको डर, बेइजिङले पानीलाई हतियारको रूपमा प्रयोग गर्न सक्छ भन्ने छ । आवश्यक परेमा, चीनले पूर्व सूचना बिना नै यस बाँधमा भण्डारण गरिएको पानी छोड्न सक्छ । यसले अरुणाचल प्रदेश र असमको तल्लो क्षेत्रमा बाढी निम्त्याउन सक्छ । ठूलो बाँध निर्माण गर्दा आवासीय क्षेत्रका साथै वन र वन्यजन्तुहरूलाई पनि असर गर्न सक्छ ।








प्रतिक्रिया दिनुहोस्