काठमाडौं, २१ चैत । सत्तारुढ नेकपा एमाले संसदीय दलको उपनेतामा सुवास नेम्वाङ चयन हुनुभएको छ।
एमाले संसदीय दलको बुधबार बसेको बैठकले एमाले संसदीय दलको बुधबार दिउँसो बसेको बैठकले पूर्वसभामुख नेम्वाङलाई दलको उपनेता चयन गरेको हो ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई दलको नेता बनाउन गरेको प्रस्तावलाई बैठकले अनुमोदन गरेको थियो । नेम्वाङ ओलीको अति प्रिय नेता मानिनुहुन्छ ।
यस्तै, प्रमुख सचेतकमा खगराज अधिकारी र सचेतकमा शान्ता चौधरी चयन हुनुभएको छ ।







प्रतिक्रिया दिनुहोस्