काठमाडौ ४ भदौ । उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन नेपाली कांग्रेस र नेकपा एमालेले हस्ताक्षर सङ्कलन गरेकोप्रति राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले संसद् र संवैधानिक निकायमाथि अपमान गरिरहेको भन्दै आपत्ति जनाउनुभएको हो । उहाँले लोकतन्त्रको विरासत धानेका भन्नेहरूले उपसभामुखजस्तो जिम्मेवार पदमाथि गरेको अवमूल्यन लोकतन्त्रकै लागि सबैभन्दा ठूलो खतरा भएको टिप्पणी गर्नुभयो ।
प्रमुख सचेतक परियारले कार्यपालिकाबाट व्यवस्थापिकामाथि भइरहेको निरन्तरको आक्रमण अब टुलुटुलु हेरेर नबस्ने चेतावनीसमेत दिनुभयो ।
यस्तै प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा ९माओवादी केन्द्र० का सांसद सुदन किरातीले उपसभामुख इन्दिरा राना मगरमाथि उठेका प्रश्नको समाधानका लागि न्यायिक छानबिन हुनुपर्ने बताउनुभयो । रानामाथिको आरोपको छानबिन हुनुपर्ने तर संवैधानिक परिषद्मा बहुमत पुर्याई आफन्तको भर्ती केन्द्र बनाउने प्रवृत्ति मान्य नहुने उहाँको भनाइ छ ।







प्रतिक्रिया दिनुहोस्