ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डको ब्रिफिङ : एकता रोक्न भित्र, बाहिर दुबैतिरबाट चलखेल भयो


admin
चैत्र २१, २०७४ बुधबार  ३ : २२ बजे

काठमाडौं, २० चैत । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले-माओवादी एकता रोक्न चलखेल भएको बताएका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम एकता हुन नदिन बाह्य शक्ति समेत लागेको दाबी गर्दै एमाले र माओवादीका केही नेताले पनि एकता नचाहेको स्पष्ट पारे।

अध्यक्ष प्रचण्डले भने,’भित्र र बाहिर दुवैतिरबाट एकता हुन नदिन चलखेलहरु भएका छन् । तर, त्यसले एकता रोक्न सक्दैन ।’

पार्टी एकताका लागि सांगठनिक व्यवस्थापन चुनौतीपूर्ण र महत्वपूर्ण रहेको बताउँदै दाहालले कम्युनिस्ट पार्टी स्थापनाको दिन बैसाख ९ गते पार्टी एकताको औपचारिक घोषणा गर्ने तयारी भएको खुलाए।

चुनावी तालमेल र सरकार विस्तारमा भएको भागबण्डा पार्टी एकतामा लागू नहुने बताउँदै अध्यक्ष दाहालले पार्टी एकता, समानता र सहअस्तित्वका आधारमा हुने दाबी गरेका थिए। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमेत त्याग गरेर भए पनि पार्टी एकता गर्ने पक्षमा रहेकाले एमाले र माओवादी एक हुने उनले बताएका थिए।

कार्यदलले एकीकृत पार्टीको केन्द्रीय कमिटीको संख्या २ सय ९९ सिफारिस गरे पनि त्यसमा हेरफेर हुन सक्ने दाहालको भनाइ थियो।

‘नेताहरुको व्यवस्थापन समेत मुख्य विषय भएकाले केन्द्रीय कमिटी ३ सय २५ पनि हुन सक्छ, ३ सय ५१ समेत पुर्‍याउन सकिन्छ। यस विषयमा छलफल गर्न बाँकी छ,’ उनले भने।

पार्टी एकता प्रक्रियामा रहेकाले माओवादीले तत्काल संसदीय दलको पदाधिकारीको निर्वाचन नगर्ने भएको छ।

संसदीय दलको बैठकमा पार्टीको संघीय संसदीय दलको विधानको प्रारुपबारे समेत छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com