ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विगतका द्विपक्षीय सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई माओवादी केन्द्रको सुझाव


admin

काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिएको छ ।

माओवादी केन्द्र पार्टी संसदीय दलको बुधबार सिंहदरबारमा बसेको बैठकले भारत भ्रमणका क्रममा विगतमा भएका द्धिपक्षीय सहमति कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएको हो ।

प्रधानमन्त्री ओली शुक्रबार ३ दिने भारतको राजकीय भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका क्रममा विगतमा भएका सहमति कार्यान्वयनमा जोड दिन सुझाव दिइएको पार्टीका नेता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे सांसदहरुलाई जानकारी गराउँदै यसलाई सदभाव भ्रमणको रुपमा लिनुपर्ने धारणा पनि राख्नुभएको थियो ।

बैठकमा एमालेसँग पार्टी एकतापछि टुंग्याउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको छ । दुई पार्टीबीचको एकता भएपछि टुंगो लगाउने गरी पार्टी संसदीय दलको विधानका विषयमा पनि छलफल सुरु गरिएको नेता शर्माले बताउनुभयो ।

बैठकमा अध्यक्ष दाहालले बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर एमालेसँग पार्टी एकता गर्ने गरी निर्णय गरिएको जानकारी पनि गराउनु भएको थियो ।

बैठकमा अध्यक्ष दाहालले पार्टी एकताका विषयमा देखिएका असहमति छिट्टै टुंगो लगाउने बताउनु भएको थियो । एमाले र माओवादी केन्द्रबीच चुनाव चिन्ह, जनयुद्धलाई मान्यता दिने कि नदिने तथा पार्टी संगठनबीचको एकता कुन अनुपातमा गर्ने विषयमा कार्य दल तहमा सहमति जुटन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com