ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेफ्री एप्स्टिन मुद्दामा ट्रम्प प्रशासनलाई झट्का


abc news

काठमाडौ ८ साउन । अमेरिकामा जेफ्री एप्स्टिनको मृत्युको मामिलाले नयाँ मोड लिएको छ । अमेरिकाका एक न्यायाधीशले बुधबार जेफ्री एप्स्टिनको पुरानो ग्रान्ड जुरी गोपनीय जाँच०को प्रतिवेदन सार्वजनिक गर्न गरेको ट्रम्प प्रशासनको माग खारेज गरेका हुन् ।

यो मामिलाको सुनुवाइका क्रममा फ्लोरिडाको वेस्ट पाम बिचका अमेरिकी जिल्ला न्यायाधीश रोबिन रोसेनबर्गले ती दस्ताबेज सार्वजनिक गर्नुपर्ने असाधारण कानुनमा उल्लेख परिस्थिति नभएको बताए ।

हालै अमेरिकी न्याय विभागले राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकबीच फैलिरहेका षड्यन्त्रका सिद्धान्त ९कन्सपिरेन्सी थ्यौरी०लाई रोक्न उक्त अनुरोध गरेको थियो । फैलिरहेका षड्यन्त्रका सिद्धान्त ९कन्सपिरेन्सी थ्यौरी०को दाबीअनुसार एप्स्टिनका ग्राहकलाई शक्तिका आडमा जोगाइएको, उनका अपराधका भिडियो लुकाइएको र प्रमाण दबाइएको जनाइएको छ ।

सन् २००८ मा एप्स्टिनले फ्लोरिडामा सरकारी वकिलसँग आफूमाथि गम्भीर आरोप नलगाउन सम्झौता गरेका थिए । उनले नाबालिगसँगको यौन कारोबार र वेश्यावृत्तिको मामिलामा सजाय पाएका थिए ।

त्यसपछि सन् २०१९ मा उनलाई फेरि यौन तस्करीको आरोपमा गिरफ्तार गरिएको थियो । करिब एक महिनापछि उनी न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युलाई आत्महत्या भनिएको थियो । एप्स्टिनकी सहयोगी घिसलेन म्याक्सवेललाई पनि पक्राउ गरिएको थियो ।

अमेरिकाभर यो विषयमा चर्चा हुनुको प्रमुख कारण एप्स्टिन र म्याक्सवेलको सम्बन्ध धेरै चर्चित व्यक्तिहरूसँग थियो भन्ने छ । यसमा राजपरिवारका सदस्य, पूर्वराष्ट्रपतिहरू र अर्बपतिहरू समावेश थिए ।

यो विषयमा ट्रम्प समर्थकबीच विभिन्न षड्यन्त्रका सिद्धान्त फैलिएको छ न्युयोर्कमा यस्तै अर्को विषयमा दस्ताबेज सार्वजनिक गर्ने माग विचाराधीन छ ।

यो विषयमा उल्लेखनीय के छ भने, जेफ्री एप्स्टिन एक धनी फाइनान्सर थिए । उनीमाथि कम उमेरका किशोरीको यौनशोषण र तस्करीको गम्भीर आरोप लगाइएको थियो । उनीमाथि मुद्दा चलिरहेका बेला सन् २०१९ मा न्युयोर्कको जेलमा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युका विषयमा अझै पनि शंका र षड्यन्त्रका सिद्धान्त चलिरहेका छन् । एपीबाट ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com