ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा दिएको मुद्दामा ब्राजिलको साथ


abc news
श्रावण ८, २०८२ बिहीबार  ११ : ५५ बजे

काठमाडौ ८ साउन । गाजामा इजरायलले गरिरहेको आक्रमणविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालयमा दायर गरेको मुद्दामा ब्राजिलले पनि हस्तक्षेप गर्ने घोषणा गरेको छ ।

यस कदमलाई गैर–पश्चिमी देशहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव बढाउन थालेको सङ्केतका रूपमा हेरिएको अल जजिराले जनाएको छ ।

हिजो ब्राजिलको विदेश मन्त्रालयले दिएको वक्तव्य अनुसार यो मुद्दामा ब्राजिलले आफ्नो औपचारिक हस्तक्षेप प्रस्ताव तयार पार्ने अन्तिम चरणमा पुगेको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायले गाजामा भइरहेको अत्याचारहरूका बारेमा चुप बस्न नमिल्ने वक्तव्यमा भनिएको छ ।

ब्राजिलले दिएको यो अभिव्यक्ति दक्षिण अफ्रिकाले इजरायलविरुद्ध दायर गरेको मुद्दामा पछिल्लोपटक देखिएको सबैभन्दा कडा समर्थन हो ।

ब्राजिलको निर्णय गाजामा भइरहेको इजरायली नाकाबन्दी, मानवीय सहायता रोकावट, र सम्भावित अकालको स्थितिप्रति चासोका कारण आएको हो ।

ब्राजिलले गाजा मात्र नभई वेस्ट बैंकमा पनि प्यालेस्टिनी नागरिकहरूमाथि हिंसात्मक घटनाहरू दोहोरिइरहेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, गाजामा इजरायली नीतिका कारण खाद्यान्न सङ्कट भयावह बन्दै गएको, डाक्टरहरुसमेत भोकै बस्न बाध्य भएको र मानवीय सहायता वितरणमा अवरोध पुर्‍याइएको रिपोर्टहरू अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरिरहेका छन् ।

यस मुद्दामा ब्राजिलको साथले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलमाथिको मुद्दा थप सशक्त बन्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

सम्बन्धित

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com