ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा दिएको मुद्दामा ब्राजिलको साथ


abc news

काठमाडौ ८ साउन । गाजामा इजरायलले गरिरहेको आक्रमणविरुद्ध दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय न्यायालयमा दायर गरेको मुद्दामा ब्राजिलले पनि हस्तक्षेप गर्ने घोषणा गरेको छ ।

यस कदमलाई गैर–पश्चिमी देशहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाव बढाउन थालेको सङ्केतका रूपमा हेरिएको अल जजिराले जनाएको छ ।

हिजो ब्राजिलको विदेश मन्त्रालयले दिएको वक्तव्य अनुसार यो मुद्दामा ब्राजिलले आफ्नो औपचारिक हस्तक्षेप प्रस्ताव तयार पार्ने अन्तिम चरणमा पुगेको खबरमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय समुदायले गाजामा भइरहेको अत्याचारहरूका बारेमा चुप बस्न नमिल्ने वक्तव्यमा भनिएको छ ।

ब्राजिलले दिएको यो अभिव्यक्ति दक्षिण अफ्रिकाले इजरायलविरुद्ध दायर गरेको मुद्दामा पछिल्लोपटक देखिएको सबैभन्दा कडा समर्थन हो ।

ब्राजिलको निर्णय गाजामा भइरहेको इजरायली नाकाबन्दी, मानवीय सहायता रोकावट, र सम्भावित अकालको स्थितिप्रति चासोका कारण आएको हो ।

ब्राजिलले गाजा मात्र नभई वेस्ट बैंकमा पनि प्यालेस्टिनी नागरिकहरूमाथि हिंसात्मक घटनाहरू दोहोरिइरहेकोमा गहिरो चिन्ता व्यक्त गरेको छ ।

यसैबीच, गाजामा इजरायली नीतिका कारण खाद्यान्न सङ्कट भयावह बन्दै गएको, डाक्टरहरुसमेत भोकै बस्न बाध्य भएको र मानवीय सहायता वितरणमा अवरोध पुर्‍याइएको रिपोर्टहरू अन्तर्राष्ट्रिय संस्थाहरूले सार्वजनिक गरिरहेका छन् ।

यस मुद्दामा ब्राजिलको साथले अन्तर्राष्ट्रिय न्यायालयमा इजरायलमाथिको मुद्दा थप सशक्त बन्ने अपेक्षा गरिएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com