ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारका अभियुक्तलाई सीडीओले बनाए प्रमुख अतिथि, संसद्‍मा उठ्यो प्रश्न


abc news
श्रावण ७, २०८२ बुधबार  ४ : १२ बजे

काठमाडौ ७ साउन । भ्रष्टाचारमा आरोपित भएर निलम्बनमा परेका सांसदलाई प्रमुख जिल्ला अधिकरी सीडीओ प्रमुख अतिथि बनाएको भनेर नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रश्न उठाएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दर्ता भएर कानुनी रूपमा सांसद पदबाट निलम्बनमा परेका मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकका सीडीओले प्रमुख अतिथि बनाएको बताएका हुन् ।

सीडीओले सरकारी कार्यक्रमको आयोजना गरेर सांसद पदबाट निलम्बनमा रहेका व्यक्तिलाई प्रमुख अतिथिको रूपमा आमन्त्रण गरिएको र शासनका साथ मञ्चमा राखेर फोटो खिचेर जिल्ला प्रशासन कार्यलयले आफ्नो सामाजिक सञ्जालमा राखेको बताए ।

‘यही संसद्ले सार्वजनिक पद निलम्बन गरेको हो । सरकारी कार्यक्रममा निलम्बनमा परेका र कानुनी रूपमा मुद्दा समेत लागेका व्यक्तिलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेर राख्नु भनेको यो संसद्को समेत अवमूल्यन हो,’ सापकोटाले भने ।

यो विषयमा गृहमन्त्रालयले आधिकारित धारणा दिनुपर्ने उनको माग छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र हेलो सरकार सबैको ध्यानाकर्षण गर्न समेत चाहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com