काठमाडौ ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिसभामाको बुधबारको बैठकमा सम्बोधन नगर्ने भएका छन्। कार्यसूचीमा ओलीले सम्बोधन गर्ने र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने तय गरिएको भए पनि अन्तिममा ओलीको सम्बोधन भने तालिकाबाट हटाइएको संसद् सचिवालयले जानकारी दिएको छ।
तर ओली आफैँले आज सम्बोधन नगर्ने प्रश्नोत्तर कार्यक्रममा भने सहभागी हुने बताएपछि संसद् सचिवालयले कार्यसूचीबाट सम्बोधनको तालिका हटाएको जनाएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने, राष्ट्रियसभामा उत्तपत्ति भएको पानी जहाज सञ्जालन तथा व्यवस्थापन विधेयक(०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्नेछन्।







प्रतिक्रिया दिनुहोस्