काठमाडौ ७ साउन । पाकिस्तानसँगको टी–२० क्रिकेट शृङ्खला घरेलु टोली बङ्गलादेशले एक खेल अगावै जितेको छ ।
गएराति भएको दोस्रो खेलमा बङ्गलादेशले पाहुना टोली पाकिस्तानलाई आठ रनले हरायो । योसँगै उसले तीन खेलको शृङ्खला एक खेल अगावै जितेको हो ।
बङ्गलादेशले दिएको एक सय ३३ रनको लक्ष्य पछ्याएको पाकिस्तान १९ ओभर दुई बलमा एक सय २५ रनमा अलआउट भयो । पाकिस्तानका लागि फहिम असरफले अर्धशतक बनाए । अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।
बङ्गलादेशका सरिफुल इस्लामले तीन, मेहेदी हसनले दुई तथा मुस्ताफिजुर रहमान र रिश्हाद होसैनले समान एक विकेट लिए ।
त्यसअघि मिरपुरमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेश २० ओभरमा १ सय ३३ रनमा समेटिएको थियो । उसका जाकिर अलिले ५५ रन बनाए । पाकिस्तानका सलमान मिर्जा, अहमद धानीयाल, अब्बास अफ्रिदीले समान दुई तथा फहिम असरफ र मोहम्मद नवाजले समान एक विकेट लिए । पहिलो खेल बङ्गलादेशले ७ विकेटले जितेको थियो । शृङ्खलाअन्तर्गत तेश्रो तथा अन्तिम खेल भोलि मिरपुरमा हुनेछ ।








प्रतिक्रिया दिनुहोस्