ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर खेलाडी दीपेन्द्र अग्रवाल २२ करोड ठगीमा पक्राउ


एबीसी न्यूज
श्रावण ५, २०८२ सोमबार  २ : १७ बजे

काठमाडौं ५ साउन ।सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । काठमाडौं जिल्ला प्रहरी परिसरले अग्रवाललाई टोखाबाट पक्राउ गरेको हो ।

ठगी र विश्वासघातको कसूरमा अग्रवाललाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले बताए ।

२२ करोड ठगीको अरोपमा प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको हो ।

अग्रवालले सेयर कारोबार मार्फत लगानीकर्ता तथा धितोपत्र दलाल कम्पनीलाई ठगी गर्दै आएका थिए । उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।

सेयर बजारमा धेरै लगानीकर्ताले आदर्श मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महंगोमा बिक्री गर्ने गर्दे आएका थिए । उनले आफुले सेयर खरिद गरीसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई खरिद गर्न लगाउने र मुल्य नै तोकेर यति पुर्याउने भन्दै झुठ्ठा अस्वसन दिने गर्थे । सेयर लगानीकर्ता खरिद गर्न थालेपनि आफनो सेयर बिक्री गर्थे ।

त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली(टीएमएस) खाता चलाउने गरेको बताइएको छ । उनले ती खाता मार्फत आफै शेयर खरिद गर्ने र आफैले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्‍याएपछि उनले स्तोमा सेयर विक्री गर्थे । त्यसैगरी अन्य व्यक्तिका कारोबार खाता पनि आफै चलाउने र धितोपत्र ब्रोकरसँग लिनु पर्ने पैसा असुल गर्ने तर तिर्नु पर्ने पैसको सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए । साथै आफैले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्सफर गर्ने समेतको काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com