ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशीय टी–२० शृङखलामा घरेलु टोली जिम्बाब्वेको दोस्रो हार : न्युजिल्यान्डसँग ८ विकेटले पराजित


abc news
श्रावण ३, २०८२ शनिबार  ७ : ३५ बजे

काठमाडौँ , ३ साउन । जिम्बाब्वेमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा न्युजिल्यान्डले लगातार दोस्रो जीत निकालेको छ ।

जिम्बाब्वेको हरारेमा गएराति भएको खेलमा न्युजिल्यान्डले घरेलु टोलीलाई ८ विकेटले हरायो ।

जिम्बाब्वेले दिएको एक सय २१ रनको लक्ष्य न्युजिल्यान्डले १३ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो ।

उसका डेभन कन्वेले अविजित ५९ र ड्यारेन मिचेलले २६ रन बनाए । रचिन रविन्द्र ३० रनमा आउट भए ।

जिम्बाब्वेका टिनोटन्डा मपोसा र ब्लेसिङ मुजरवानीले एकरएक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।

उसका वेस्ली मधिभारीले सर्वाधिक ३६ रन तथा ब्रायन बेननेटले २१ रन बनाउनुबाहेक अरुले राम्रो प्रदर्शन गर्न सकेनन् ।

न्युजिल्यान्डका म्याट हेनरीले ३ विकेट लिए । जिम्बाब्वे, न्युजिल्यान्ड र दक्षिण अफ्रिकाबीच शृङ्खला भइरहेको हो ।

लगातार दुई खेल जितेको न्युजिल्यान्ड ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई २१ रनले हराएको थियो ।

लगातार दोस्रो खेल हारेको जिम्बाब्वे तालिकामा अङ्कविहीन छ । पहिलो खेलमा घरेलु टोलीलाई हराएको दक्षिण अफ्रिकाको दुई खेलमा २ अङ्क छ ।

भोलि जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । तालिकामा शीर्ष दुई टोलीबीच फाइनल खेल आउँदो शनिवार जुलाई २६ तारिखमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com