ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोसी बाढी : नेपाली भूमिबाट २० र चीनबाट ११ जना बेपत्ता


abc news
असार २९, २०८२ आईतबार  ४ : १२ बजे

काठमाडौ २९ असार । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोसी नदीको बाढीबाट मृत्यु भएका ११ जनामध्ये २ जनाको मात्रै सनाखत भएको बताएका छन्।

आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैकठमा बोल्दै उनले बाढीमा २० जना मानिस नेपालबाटै बेपत्ता भएको र अन्य ११ जना चीनको भूमिबाट बेपत्ता भएको र बगेर नेपालमै आएको हुनसक्ने खबर चीन सरकारले दिएको बताए।

विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिए मृतक सरह राहत दिने पनि गृहमन्त्री लेखकले जानकारी दिए।

पूर्वसूचनाका लागि एसएमएसले नपुगेको निष्कर्ष निकाल्दै टेलिफोनको सर्भिस प्रोभाइडरहरुलाई अब घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको उनले जानकारी दिए।

मन्त्री लेखकले भनेः

२० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ। जसमा मित्रराष्ट्र चीनको नागरिकहरु पनि हुनुहुन्छ। ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ। उहाँहरु पनि बगेर यतै ल्याएको आशंका छ। अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ। सनाखत २ जनाको मात्रै भएको छ।

कहिले कहिँखोज उद्धार गर्दागर्दै पनि बेपत्ता हुन्छ मानिस भेटिँदैन। त्यसैले हामीले १० दिनसम्म खोज गर्ने, यदि विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि भेटिएन भने मृतक सरह राहत दिने निर्णय हामीले गरेका छौँ। जीवितै भएपनि केही बिग्रिएन सरकारले सहयोग गर्ने कुरा हो।

खोज, उद्धार, पुनर्निर्माणको पनि हामी तयारी अवस्थामा छौँ। कुनै कमी नगरी काम गर्नेछौँ। पूर्वसूचना प्रणालीलाई चुस्त, दुरुस्त बनाएका छौँ। खोज, उद्धार, राहत, पुनर्निर्माणको चरण हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com