काठमाडौ २९ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेनसहित भिजिट भिसा प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा गएका नेपाली नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।
‘अहिले प्रधानमन्त्री सहभागी कार्यक्रममा गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ, यसको छानबिन गरौँ,’ शाहीले भने, ‘संसदीय छानबिन समिति बनाउनको लाग यो सरकार किन डराएको छ। यसबारे संसदीय छानबिन समितिको माग गर्दछौं।’
उनले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए।








प्रतिक्रिया दिनुहोस्