ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी


abc news
असार २९, २०८२ आईतबार  १२ : १६ बजे

काठमाडौ २९ असार । रूसका विदेशमन्त्री सर्गेई लाभरोभले अमेरिका, दक्षिण कोरिया र जापानलाई उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न कडा चेतावनी दिएका छन् ।

उत्तर कोरियाको वोनसानमा रहेका उनले ती देशहरूले उत्तर कोरियालाई लक्षित गर्दै कुनैपनि सुरक्षा गठबन्धन वा सैन्य सम्झौता नगर्नु उपयुक्त हुने बताए ।

उनले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन तथा विदेशमन्त्री चोई सोन हुईसँग भेटवार्ता गरेका छन्।

रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभले टेलिग्राममा पोस्ट गरेको एक भिडियोमा उनी र किम जोङ उनबीच हात मिलाएको र अंकमाल गरेको दृश्य देखिएको छ।

यस भेटलाई विश्लेषकहरूले उत्तर कोरिया–रूसबीचको सम्बन्ध झनै प्रगाढ हुँदै गएको संकेतका रूपमा लिएका छन्।

भेटपछि पत्रकारहरूसँग कुरा गर्दै लाभरोभले भने, ‘हामी चेतावनी दिन चाहन्छौं कि यी कूटनीतिक सम्बन्धहरूलाई कुनै मुलुकविरुद्ध गठबन्धन बनाउन प्रयोग नगरियोस्, चाहे त्यो उत्तर कोरिया होस् वा रूस।’

‘उत्तर कोरियाको परमाणु नीति जायज’

तीन दिने भ्रमणमा रहेका लाभरोभले शनिबार उत्तर कोरियाली समकक्षीसँग भेटपछि भने, ‘रूस उत्तर कोरियाले किन परमाणु हतियार विकास गरिरहेको भनेर बुझ्छ । त्यो प्राविधिक क्षमता उत्तर कोरियाली वैज्ञानिकहरूको कठोर मेहनतको परिणाम हो, जसको हामी सम्मान गर्छौं।’

रूसी समाचार एजेन्सी ९तास० अनुसार लाभरोभले रूस–युक्रेन युद्धको बारेमा पनि उत्तर कोरियाली नेतृत्वसँग छलफल गरेका थिए। उत्तर कोरियाले रूसलाई युद्धमा सैनिक र हतियार आपूर्ति गर्दै आएको बताउने गरिएको छ। यसको सट्टामा, रूसले उत्तर कोरियालाई सैन्य तथा आर्थिक सहायता दिँदै आएको बताइएको छ।

युक्रेन युद्धमा २५–३० हजार सैनिक पठाउने तयारीमा उत्तर कोरिया १

युक्रेनी गुप्तचर निकायका अनुसार उत्तर कोरिया अहिले रूसलाई २५ हजारदेखि ३० हजारसम्म थप सैनिक पठाउने तयारीमा छ। गत वर्ष उसले करिब ११ हजार सैनिक रूस पठाएको थियो।

उत्तर कोरियाको सरकारी समाचार संस्था केससीएनएका अनुसार नेता किम जोङ उनले युक्रेन युद्धमा रूसको सैन्य कदमहरूको समर्थन गरेका छन्। उनले भने, ‘प्योंगयाङ र मस्कोबीच रणनीतिक विषयमा समान सोच छ।’

अमेरिका, दक्षिण कोरिया र अन्य देशहरूले रूसले उत्तर कोरियालाई संवेदनशील प्रविधि हस्तान्तरण गर्न सक्ने र यसले उसको परमाणु र मिसाइल कार्यक्रमलाई थप गति दिन सक्ने आशंका गर्दै आएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले युक्रेनविरुद्धको युद्धमा रूसलाई पूर्ण र बिना सर्त समर्थन दिने बताएका छन्। उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, हाल उत्तर कोरियाको भ्रमणमा रहेका रूसका परराष्ट्रमन्त्री सर्गेई लाभरोभसँगको भेटका क्रममा किमले यस्तो धारणा राखेका हुन्।

किमले भने, ‘युक्रेनी संकटका मूल कारण समाधान गर्न रूसले चालेका सबै कदमहरूको म दृढ समर्थन गर्छु।’

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेयता दुई देशबीचको युद्ध अझै जारी छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com