ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले मेक्सिको र ईयूमाथि ३० प्रतिशत ट्यारिफ लगाए, १ अगस्टदेखि लागू हुने


abc news
असार २९, २०८२ आईतबार  ८ : ५२ बजे

काठमाडौं, २८ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली युनियन (ईयू) बाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ट्रम्पले शनिबार गरेको यो घोषणा १ अगस्टदेखि कार्यान्वयनमा आउने छ ।

ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौँसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन । त्यसपछि ट्रम्पले ट्यारिफ घोषणा गरेका हुन् ।

उनले यस सम्बन्धमा मेक्सिको र युरोपेली संघलाई पत्र लेखेका थिए, जुन उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।

ट्रम्पको यो निर्णयपछि २७ सदस्यीय ईयूले अब अमेरिकी बजारमा गम्भीर अवरोधहरूको सामना गर्नुपर्ने देखिएको छ । ईयूले अमेरिकासँग व्यापार सम्झौता गर्न चाहिरहेका बेला ट्रम्पको यो कदमले व्यापार युद्ध ९ट्रेड वार० झन् चर्किने सम्भावना बढाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

युरोपियन आयोगकी अध्यक्ष उर्सुला भन डेर लायनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय गलत भएको बताएकी छन् । ‘युरोपेली युनियनको निर्यातमा ३० प्रतिशत ट्यारिफ लगाउनु अटलान्टिकको दुवै किनारका व्यवसाय, उपभोक्ता र बिरामीहरूलाई हानि पुर्‍याउने छ,’ उनले भनेकी छन्, ‘हामी १ अगस्टसम्म कुनै सम्झौताको दिशामा काम गर्न जारी राख्नेछौं ।’

साथै उनले ३० प्रतिशत ट्यारिफ लगाउने अमेरिकाको निर्णयमाथि आवश्यक प्रक्रियागत कदम चाल्न र युरोपेली संघको हितको संरक्षण गर्न तयार रहेको पनि बताएकी छन् ।

जापान, दक्षिण कोरिया, क्यानडा र ब्राजिलबाट आउने वस्तुहरूमा गरिएको ट्यारिफ वृद्धिपछि ट्रम्पले ईयू र मेक्सिकोमा पनि ट्यारिफ लगाउने निर्णय गरेका हुन् । उनले यी देशहरूबाट आयात हुने तामामा ५० प्रतिशतको भारी ट्यारिफ लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले आफ्ना ट्यारिफ नीतिलाई अमेरिकी उद्योगको रक्षा गर्ने र घरेलु राजस्व ९डोमेस्टिक रेभिन्यु० बढाउने उपायका रूपमा व्याख्या गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com