ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिटिजन्स बैंकको सञ्चालक तथा पूर्व निर्वाचन आयुक्त इला शर्माको हृदयघातका कारण निधन


abc news
असार २९, २०८२ आईतबार  ७ : २४ बजे

काठमाडौँ, २९ असार । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडकी सञ्चालक तथा पुर्व निर्वाचन आयुक्त इला शर्माको करिब ६० वर्षको उमेरमा शनिवार साझ निधन भएको छ । पूर्व निर्वाचन आयुक्त समेत रहेकी शर्माको हृदयघातका कारण शनिवार साँझ निधन भएको हो ।

शनिवार समेत उनी विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन् । विभिन्न कार्यक्रममा सहभागिता जनाई घर आएकी उनलाई साँझपख हृदयघात भएको र थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । हाल उनको पार्थिव शरीर अस्पतालमै राखिएको छ ।
आज बिहान करिब ९ः १० बजे उहाँको पार्थिव शरीर कुपण्डोलस्थित घरमा लगिनेछ। दिल्लीमा रहेकी छोरी आएपछि भोलि दिउँसो अन्त्येष्टि गरिने कुरा आएको छ ।ु सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरलले भने–यो दुःखद खबर सुनाउदा मलाई पनि धेरै दुःख लागेको छ। दुई दिनअघि मात्र हामी राष्ट्र बैंकको टोलीसँग एएमएल सिफ्टि सम्बन्धी बैठकमा सँगै थियौं। उहाँ समितिको संयोजक पनि हुनुहुन्थ्यो। हिजो मात्र हामी संचालक समितिको बैठकमा सँगै थियौं। उहाँ सबै बैठकमा सक्रिय सहभागी हुनुहुन्थ्यो।

शर्मासँग त्रिभुवन विश्वविद्यालयबाट एलएलएम, सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम युनिभर्सिटी अफ हल, युकेइन इन्टरनेसनल बिजनेस लबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययन, कानुन, मिडिया, जनसम्पर्क, शिक्षा र विकास क्षेत्रसहित विभिन्न क्षेत्रमा काम गरेको ३५ वर्ष बढी अनुभव थियो।
निर्वाचन आयोगकी पूर्व आयुक्तसमेत रहेकी शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको अध्यक्षता समेत गरेकी थिइन्।
उनले काठमाडौं विश्वविद्यालय, स्कुल अफ ल र ओस्लो विश्वविद्यालयको नर्वेजियन सेन्टर फर ह्युमन राइट्ससँगको सहकार्यमा नेपालको निर्वाचन आयोगले प्रदान गरेको एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

यस्तै, शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र यूएनडीपी परियोजनाका लागि राष्ट्रिय परामर्शदाताको रूपमा काम गरेकी थिइन्।

विभिन्न आईएनजीओको अन्तर्राष्ट्रिय वकालत नेटवर्कमा संलग्न शर्माले संयुक्त राष्ट्रसंघमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीति र कार्ययोजनामा रहेर काम गरेकी थिइन् ।

फुड फस्र्ट इन्फर्मेसन एक्शन नेटवर्क फियाने नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडियाको कार्यकारी समितिका साथै साउथ एसिया वाचको कार्यकारी समितिको बोर्डमा पनि काम गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’

भदौ २४ गते सरकारी, व्यापारिक र निजी भवनमा आक्रमण गर्ने को थिए ?

पहिल्यै लीक भएपछि कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्री बाध्य

सामाजिक सञ्जालमा पेट्रोल बमको छलफल, सुरक्षा निकायलाई थाहै भएन

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com