काठमाडौँ, २९ असार । काठमाडौं महानगरपालिकाले आज (असार २९) आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै छ । गएको शुक्रबार (असार २७) बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ ।
उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र शाह (बालेन)ले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको थियो । लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरेका थिए । त्यो दिन कार्यपालिका बैठक करिब एक मिनेटमै सकाइएको थियो ।काठमाडौं महानगरले करिब २५ अर्ब ११ करोड ३४ लाख रुपैयाँको बजेट ल्याउनेछ । शुक्रबारै बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकबाट अनुमानित आय र खर्चका आधारमा बजेटको सीमा निर्धारण गरिएको हो ।







प्रतिक्रिया दिनुहोस्