काठमाडौ २८ असार । संयुक्त राष्ट्रसङ्घ राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले गाजामा इजरायलले क्रूर र अमानवीय शैलीको योजनाले मान्छे मारिरहेको आरोप लगाउनु भएको छ । फिलिपको भनाइलाई उद्धृत गर्दै अलजजिराले मे महिनादेखि अहिलेसम्म मानवीय सहायता खोज्ने क्रममा करिब आठ सय जना प्यालेस्टिनी मारिएका जनाएको छ ।
आफ्नै आँखा अगाडि गाजामा बालबालिका र भोकमरीले ग्रस्त मानिसहरूको चिहान बन्न पुगेको उहाँको भनाइ रहेको छ । फिलिपको यो भनाइ देइर अल–बलाहमा पोषण सामग्रीको पखाइमा रहेका १५ जनालाई इजरायलले मारेपछि आएको हो ।







प्रतिक्रिया दिनुहोस्