ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्मसिद्ध नागरिकता खारेज गर्ने ट्रम्प प्रशासनको योजनामा सङ्घीय अदालतको रोक


abc news
असार २७, २०८२ शुक्रबार  १ : १३ बजे

काठमाठौ २७ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको जन्मसिद्ध नागरिकता खारेज गर्ने कार्यकारी आदेशलाई न्यू ह्याम्पशायरको एक सङ्घीय न्यायाधीशले राष्ट्रव्यापी रूपमा कार्यान्वयन गर्न रोक लगाएका छन् ।

सङ्घीय न्यायाधीश जोसेफ ला प्लान्टेले हिजो सुनुवाइपछि प्रारम्भिक अन्तरिम आदेश जारी गर्दै कार्यकारी आदेशलाई तत्काललाई रोक लगाउने निर्णय सुनाउनुभएको समाचार संस्था एपीले जनाएको छ । साथै उहाँले यस विषयमा सामूहिक मुद्दा दर्ता गर्ने आदेश पनि दिनुभएको छ ।

अदालतले ट्रम्पको आदेश कार्यान्वयनमा सात दिनको रोक लगाएको छ । यो अवधिमा आदेशविरुद्ध अपील गर्न सकिनेछ । यस फैसलाले जन्मसिद्ध नागरिकताको मुद्दालाई छिट्टै सर्वोच्च अदालतसम्म पुर्‍याउने बाटो खोलिदिएको छ ।

सर्वोच्च अदालतले केही हप्ताअघि जिल्ला अदालतहरूलाई राष्ट्रव्यापी अन्तरिम आदेश जारी गर्न सीमित गर्न सकिने निर्णय सुनाएको थियो । तर सामूहिक मुद्दाको माध्यमबाट त्यही प्रभाव पार्न सकिने सम्भावनालाई भने खुला राखिएको थियो ।

विवादको केन्द्रमा अमेरिकी संविधानको १४औं संशोधन छ जसमा संयुक्त राज्यमा जन्मिएका वा नागरिकता प्राप्त गरेका र त्यहाँको अधिकार क्षेत्रभित्र पर्ने सबै व्यक्ति संयुक्त राज्यका नागरिक हुन् भनिएको छ । तर ट्रम्प प्रशासनले अधिकार क्षेत्रभित्र पर्ने भन्ने वाक्यांशको अर्थ यस्तो व्यक्तिमा लागू नहुने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

भारतको कोइलाखानीमा विस्फोट हुँदा खोटाङका दुई युवाको मृत्यु, चार घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com