काठमाडौ २६ असार । बोटलर्स नेपाल तराई लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्त गरेको छ।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समिति बैठकले भारतीय नागरिक अजय चाणबासप्पा कोनालेलाई सीईओ नियुक्त गरेको हो।
त्यसैगरी बोटलर्स नेपालको बोर्ड बैठकबाट कोनाले कम्पनीको निर्देशक नियुक्त भएका छन्। उनी रेडविन एनटोनियो दुवेको स्थानमा आएका हुन्।
कोनाले बोटलर्स नेपाल लिमिटेडको प्रबन्धनिर्देशक समेत नियुक्त भएका छन्। बुधबारकै बोर्ड बैठकबाट उनले सो जिम्मेवारी पाएका हुन्।
त्यस्तै बोर्ड बैठकले स्वतन्त्र सदस्य किशोरकुमार महर्जनको राजीनामा समेत स्वीकृत गरेको छ।








प्रतिक्रिया दिनुहोस्