ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेखर समूहको निष्कर्ष: सशक्त प्रतिरोध गर्ने, संस्थापन पक्षको कारबाही नमान्ने


abc news

काठमाडौ २६ असार । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीको संस्थापन पक्षले गरेको अनुशासनको कारबाहीलाई अस्वीकार गर्ने निर्णय गरेको छ।

आज बिहान नेता कोइरालाको सम्पर्क कार्यालयमा विशालनगरमा बसेको कोइराला समूहको बैठकले संस्थापन पक्षले अनुशासनको नाममा गरेको कारबाही पूर्वाग्रह प्रेरित रहेको निष्कर्ष निकालेको छ।

बैठकपछि नेता कोइरालाले संस्थापन पक्षले गरेको अनुशासनको कारबाही अवैधानिक भएको बताए। ‘कारबाही अवैधानिक छ। व्यक्तिहरु छानीछानी कारबाही गरिएको छ, यो अस्वीकार्य छ,’ कोइरालाले भने।

आजको भेलाले केही समयपछि अर्को ठूलो भेला गर्ने निष्कर्ष निकालेको छ। हिजो पार्टी संस्थापन पक्षले गरेको कारबाहीको निर्णयलाई अस्वीकार गर्ने निर्णय पनि कोइराला पक्षले गरेको छ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले कोइराला पक्षका नेताहरूलाई कारबाही गरेपछि नेता कोइरालाले आज आफ्नो सम्पर्क कार्यलयमा आफू पक्षीय नेताहरूको बैठक बोलाएका हुन्।

बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरु सहभागी थिए। बैठकमा कृषिमन्त्री रामनाथ अधिकारी र खेलकुदमन्त्री तेजुलाल चौधरी पनि सहभागी भएका थिए।

कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने र न्याय दिलाएरै छाड्ने निष्कर्ष बैठकले निकालेको छ। कारबाही पार्टी विधान बिपरित र एकातर्फी भएको ठहर पनि बैठकले गरेको छ।

सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने निष्कर्ष निकाल्दै बैठकले कारबाही निर्णयको राजनीति रुपमा शसक्त प्रतिरोध गर्ने निष्कर्ष पनि निकालेको छ।

बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापति र महामन्त्रीहरूकाबीचमा अहिले अनुशासन समितिको फाइल नचलाउने सहमती भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमा छलफलै नगरी एक्कासि विज्ञप्ती निकालेर कारबाही गरेको जानकारी दिएको भन्दै असन्तुष्टि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com