काठमाडौ २५ असार । अविरल वर्षापछि आएको बाढीमा फसेका ८ जनाको उद्धार गरिएको छ। कैलालीको गोदावरी नगरपालिका ४ स्थित गोदावरी नदीको बिच टापुमा फसेका ६ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा उद्धार गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ६ का ६५ वर्षीय पल्लु सार्की, सोही ठाउँका ६५ वर्षीय भागेश्वरी सार्की, १२ वर्षीय योगेश सार्की, ३५ वर्षीय विकट सार्की, ३५ वर्षीय बिर सार्की र बेदकोट नगरपालिका ७ का २८ वर्षीय अब्दुल सार्कीलाई उद्धार गरिएको हो।
डडेल्धुराको परशुराम नगरपालिका ७ स्थित साँदनी खोलामा फसेका दुई महिलाको सशस्त्र प्रहरीले सफल उद्धार गरेको छ।
समय अत्यधिक वर्षाका कारण खोलामा एक्कासी बाढी आउँदा १२ वर्षीया रितु भारती र २५ वर्षीया भुवनेश्वरी सिंह खोलाको बीच भागमा अड्किएका थिए।
गाईबाख्रा चराउन गएका बेला उनीहरू खोलाको बीच भागमै बाढीले घेरेर फसेका थिए।








प्रतिक्रिया दिनुहोस्