ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सीएसआर’ कोषको पैसा गरिबी निवारणमा मात्रै खर्च गर्न सर्वोच्चको आदेश, निजीमा लगाए कारबाही


abc news

काठमाडौ २४ असार । सर्वोच्च अदालतले संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कोषमा जम्मा भएको रकम ठूला विकास आयोजनामा खर्च नगर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।

सर्वोच्चले गरिब, विपन्न तथा लक्षित वर्गको उत्थानका लागि कोषमा छुट्याउनुपर्ने त्यस्तो रकम उनीहरूमा मात्रै खर्च गर्न निर्देशनात्मक आदेश दिएको हो ।

न्यायाधीशहरू हरि फुँयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले आदेशमा भनेको छ, ‘चरम गरिबी निवारण गर्न तथा गरिबीको रेखामुनि रहेका नेपालीको प्रत्यक्ष हित हुने गरी प्रयोग गर्न गराउन आवश्यक व्यवस्था गर्नू गराउनू ।’

पछिल्लो ‘नेपाल जीवनस्तर सर्वेक्षण’ अनुसार २०।२७ प्रतिशत जनसंख्या गरिबीमा छन् । त्यसमा पनि चरम गरिबीमा परेका समुदाय छनोट गरी उनीहरूलाई आवास, शिक्षा, स्वास्थ्य, बालबालिका, महिला उत्थान लगायत काममा त्यस्तो रकम खर्च गर्नुपर्ने भन्दै सर्वोच्च अदालतले न्यूनतम मानवीय जीवनलाई आवश्यक पर्ने क्षेत्रमा रकम खर्च गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले गरिबीको रेखामुनि रहेका समुदायको हक अधिकार संरक्षण गर्ने क्रियाकलापमा रकम खर्चन सरकारको ध्यानाकर्षण गराउँदै विपन्न समुदायको क्षमता विकास गर्न त्यस्तो समुदायको रकम खर्च गर्न आदेश दिएको हो ।

सीएसआर कोषको रकम गरिबी निवारणको उद्देश्य बाहेक क्षेत्रमा खर्च वा प्रयोग गर्न नहुने भन्दै सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको कानुनी तथा नीतिगत व्यवस्था पनि संशोधन गराउन आदेश दिएको हो ।

सर्वोच्चले सामाजिक सुरक्षाका लागि उद्योगहरूबाट छुट्याइएको रकम गरिबी निवारणमा खर्च भएरनभएको अनुगमन गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ ।

सर्वोच्चले मुलुकको चरम गरिबी निवारण गर्न त्यस्ता कोषको रकम खर्चिनुपर्ने भन्दै नयाँ सामाजिक उत्तरदायित्व सम्बन्धी ऐनको मस्यौदा गर्न कानुन मन्त्रालयलाई आदेश दिएको हो । उसले दुई वर्षको समयसीमा दिँदै कानुन निर्माणमा राष्ट्र बैंकलाई पनि सहभागी गराउनू भनेको छ ।

सीएसआरको रकम कर्मचारी वा निजी आयोजनामा खर्च गरेको भेटिए त्यसो गर्नेलाई कारबाही गर्ने गरी कानुन बनाउन पनि राष्ट्र बैंकलाई सर्वोच्चले आदेश दिएको छ ।

औद्योगिक व्यवसाय ऐनको दफा ५४ मा नाफाको एक प्रतिशत सामाजिक उत्तर दायित्वमा खर्च गर्नुपर्ने व्यवस्था छ । कोरोना महामारीका बेला १२ साउन २०७७ मा राष्ट्र बैंकले सूचना जारी गरेर सीएसआरको कोषमा बाँकी रहेको सबै रकम सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा जम्मा गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले हरेक आर्थिक वर्षको खुद नाफाको कम्तीमा १ प्रतिशत रकम छुट्याइ सीएसआर कोष खडा गरी जम्मा गर्नुपर्ने छ ।

उक्त कोषमा जम्मा भएको रकम सामाजिक परियोजना, वित्तीय साक्षरता, दिगो विकासमा सहयोग पुग्ने क्षेत्र, प्रत्यक्ष अनुदान खर्च लगायत विभिन्न १० क्षेत्रमा खर्च गर्न सक्छन् ।

गत आवमा मात्रै बैंक तथा वित्तीय संस्थाको सीएसआर कोषमा ६१ करोड ८२ लाख रुपैयाँ जम्मा भएको केन्द्रीय बैंकले जनाएको छ । चालु आव वैशाखसम्मको नाफाका आधारमा बैंक तथा वित्तीय संस्थाले ५२ करोड ८२ लाख रुपैयाँ उक्त शीर्षकमा खर्च गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com