ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीति बारे कांग्रेस बैठकमा चासो


abc news
असार २४, २०८२ मंगलबार  ८ : १५ बजे

काठमाडौ २४ असार । पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा आएको विषयलाई कांग्रेसको शीर्ष तहका नेताबाट बैठकमा प्रवेश पाएको थियो । २२ असार गत आइतबार को बैठकमा पूर्व उपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेशलाई जोड दिएर उठाएका छन् ।

भण्डारीको प्रसंगबारे सभापति शेरबहादुर देउवालाई सुनाउँदै निधिले भने, ‘अहिले अर्को एउटा अत्यन्त महत्त्वपूर्ण विषय आएको छ, सभापतिज्यू । रिटायर्ड भइसकेका राष्ट्रपतिले राजनीतिमा फर्किने कुरा हो । एमालेको लागि यो विषयले के प्रभाव पार्ला भन्ने पनि होला । तर मेरो बुझाइ के छ भने, यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन ।’

भण्डारीकै प्रसंगमा निधिले थपे, ‘तर एट द होल, इन टोटलमा पोलिटिकल सिस्टमको बारेमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनैपर्छ । मेरो विचारमा नेपाली कांग्रेसले यो विषयलाई नोटिसमा लिनुपर्दछ । त्यसको बारेमा छुट्टै छलफल हुनुपर्छ भनेर मैले यो विषय प्रवेश गराएँ ।’

पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्कने विषय प्रणालीसँग जोडिने उनले बताए । ‘हामी जुन प्रणाली ल्याएका छौं र जुन प्रणालीमा विश्वास गर्दछौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त एउटा खुसी लाग्छ । एमाले विवादित हुन्छ कि अथवा एमालेमा फुट हुन्छ कि भन्ने होला । तर यो छुट्टै विषय हो ।’

कांग्रेसको केन्द्रीय समिति बैठकको अन्तिम दिन २३ असार, हिजो० पनि पूर्व राष्ट्रपति भण्डारी एमालेको राजनीतिमा आउने विषय छुटेन । महामन्त्री विश्वप्रकाश शर्माले पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुन लागेको सन्दर्भलाई चासोका साथ राखे ।

‘तर अर्को चुनौती के छ भने सभापतिज्यू, राष्ट्रपति संस्थाको गरिमा चाहिं उच्च ढंगले स्थापित गर्न सकिएको छैन । झन्डै एक दशक राष्ट्रपवतिमा भन्नलाई राखेपछि फेरि राजनीतिमा सक्रिय हुँदै गर्दा खेरि त्यसले राम्रो सन्देश दिँदैन,’ शर्माले भने, ‘यसका पछाडितिरका कुराहरूको बारेमा हामीले गम्भीरता राख्न जरुरी छ । कसले किन, के नियत र के उद्देश्यका साथ सेरेमोनियल भएर बसेको व्यक्तित्वलाई राजनीतिमा भिडाएको अवस्था छ रु त्यो हुँदै गर्दा खेरि के देशले अभिभावक विहिनताको अनुमति लिन सक्छ ।’

पूर्व राष्ट्रपतिहरूलाई अभिभावक मान्नुपर्नेमा अभिभावकलाई नै राजनीतिमा ल्याउनु उपयुक्त नहुने शर्माको भनाइ थियो । स्रोतका अनुसार पार्टी बैठकमा उठेको विषयलाई सभापति देउवाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसमक्ष पनि राखेका छन् । आज बिहान बसेको शीर्ष बैठकमा यो विषयलाई देउवाले उठाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com