ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनए स्कटल्यान्ड अध्यक्षमा सचिव रामप्रसाद कंडेल उम्मेदवार


abc news

काठमाडौ २२ असार । गैरआवासीय नेपाली संघ एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषदका वर्तमान सचिव रामप्रसाद कंडेलले आगामी कार्यकालका लागि अध्यक्षमा दावी गरेका छन् ।

परिषदको स्थापनाकालदेखि नै विभिन्न भूमिका रहेर जिम्मेवारी सम्हाल्दै आएका उनले नयाँ कार्यसमितिको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

एनआरएनएसहित विभिन्न सामाजिक संघसंस्थाहरुमा लामो समयदेखि संगालेको अनुभव र शुभेच्छुकहरुको सल्लाहबाट प्रेरित भएर आफूले एनआरएनए स्कटल्यान्डलाई सबल र सक्षम नेतृत्व दिने अठोट गरेको कंडेलले बताए।

यसअघि विभिन्न जिम्मेवारीमा रहंदा कुशलतापूर्वक सम्पन्न गरेको परिणाममुखी कार्यसम्पादनको मूल्यांकन गर्दै आफूलाई स्कटल्यान्डवासी नेपालीले अब अध्यक्ष पदको जिम्मेवारी दिने विश्वास उनले गरेका छन्।

एनआरएनए स्कटल्यान्डका हालसम्मका सबैजसो कार्यसमितिमा रहेर काम गरिसकेका छन् कंडेलले । उनले विभिन्न कार्यक्रम र अभियानमा संयोजनकारी तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै संस्थालाई सवल बनाउन योगदान गरेका छन् । पशुपतिनाथ मन्दिर स्कटल्यान्डमा समेत सचिव रहेका उनी अन्य विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि सक्रिय छन्।

स्कटल्यान्डमा नेपाली दूतावासको घुम्तीसेवा, पहिलो नेपाली मेलाजस्ता कार्यक्रमहरुको संयोजनदेखि एनआरएनए र स्थानीय समुदायका सबै कार्यक्रम तथा अभियानमा पनि कंडेलले सक्रिय भूमिका निर्वाह गरेका छन् ।

संस्थालाई बुझेको र वर्षौंसम्म सशक्त काम गरेको आधारमा पनि आगामी अध्यक्षको पदमा आफ्नो दावेदारी जायज र सशक्त रहेको कंडेल बताउँछन् ।

अध्यक्षका रुपमा एनआरएनए स्कटल्यान्डमा स्थानीय नेपाली समुदायको सहभागिता बढाउने, संस्थालाई सदस्यकेन्द्रित गराउँदै आवश्यक सुधारहरु गर्ने र स्कटल्यान्डमा नेपाली दूतावासको कूटनीतिक सेवाको पहुंच बढाउंदै कूटनीतिक नियोग स्थापना समेतमा पहल गर्नेलगायतका प्रतिवद्धता कंडेलले गरेका छन् ।

‘निस्वार्थ भावले निरन्तर समाजसेवामा समर्पित रहें । तपाईंहरुकै साथ, सहयोग र हौसलाले यहाँसम्म आइपुगेको छु’, स्कटल्यान्डका नेपालीको साथ आव्हान गर्दै कंडेलले भनेका छन् , ‘अब एकपटक एनआरएनए स्कटल्यान्डको अध्यक्षका रुपमा सेवा गर्ने इच्छा राखेको छु । मलाई विश्वास गर्नुहोस्, तपाईंको विश्वासलाई न्याय हुने गरी काम गरेर देखाउनेछु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com